लुम्बिनीको मुख्यमन्त्री नियुक्तिमा देउवा र प्रचण्डको विरोध


१९ वैसाख, काठमाडौं । लुम्विनी प्रदेशको मुख्यमन्त्री नियुक्तिमा नेपाली काङग्रेसका सभापनि सेर वहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विरोध जनाउनु भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दै विरोध जनाउनु भएको हो ।
आइतबार विज्ञप्ति निकाल्दै उहाँले संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्ति भएको भन्दै म कडा निन्दा र भर्त्सना गर्नु भएको छ ।

देउवाले नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमोलगायतका दलले बहुमत सांसदको हस्ताक्षरसहित वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिनु संसदीय मूल्यमान्यता विपरीतको व्यवहार भन्नु भएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भएको वताउनु भएको छ ।


उहाँले संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ’ भन्नु भएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी दल, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका समेत गरी ४२ सांसदहरुले हस्ताक्षर गरी मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई समर्थन गरेको भन्दै प्रचण्डले पोखरेललाई ३७ जनाको मात्र समर्थन रहेको दावी गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस