संक्रमणको नयाँ रेकर्ड, ७ हजार २११ जना संक्रमित

 

१९ वैशाख, काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा १७ हजार ७७० नमुना परीक्षण गर्दा ७ हजार २११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या १३६.८ प्रतिशत बढेको छ ।
प्रदेशगत रुपमा लुम्बिनीमा २३३ र कर्णालीमा २१६ प्रतिशतले संक्रमितको संख्या बढेको छ ।

‘यसले विश्वमा एकदमै चाँडो संक्रमितहरुको संख्या बढिरहेको देशहरुमा नेपाल पनि पर्छ भन्ने देखाउँछ’ धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग निर्देशक डा. विराजमान कर्मचार्यले बताउनु भयो ।

पोजेटिभिटी रेसियो अर्थात परीक्षण गरिएकाहरुको अनुपातमा संक्रमित ३७ प्रतिशत छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै कर्णालीमा ६७.९ र लुम्बिनीमा ६१.३ प्रतिशत छ ।

जबकी पोजेटिभिटी रेसियो ५ प्रतिशतभन्दा कम हुनुपर्छ । डा. कर्मचार्य भन्नु हुन्छ , ‘अहिले संक्रमितको संख्या जति देखिएको छ, त्योभन्दा धेरै गुणा संक्रमितहरु, जसको पीसीआर गरिएको छैन, समुदायमा छन् ।’

फैलिने दर पनि लुम्बिनी र कर्णालीमा नै धरै छ । लुम्बिनीमा २.९ र कर्णालीमा २.४ प्रतिशत छ ।

निषेधाज्ञाले अहिले भएको संक्रमणलाई एक हदसम्म नियन्त्रण गर्न सहयोग गर्ने जनस्वास्थ्य विदहरु बताउँछन् । यसले समुदायमा भएको संक्रमण कम गरेपनि घरभित्र फैलिन सम्भावना टार्दैन । त्यसैले कसैलाई लक्षण देखिएमा आइसोलेट हुने र परीक्षण गर्नुपर्ने जनस्वास्थ्य विभाग निर्देशक डा. कर्मचार्यले बताउनु भयो ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

यस्तै काठमाडौंमा २ हजार ७०४ , ललितपुरमा ५५० , रुपन्देहीमा ४६६, बाँकेमा ४०६, भक्तपुर ३०१, मोरङमा २४९, कैलालीमा २३२, धनुषामा २२८ जना कोरोना संक्रमण थपिएका छन् ।

यस्तैं मकवानपुर १६९, दाङमा १३३, पर्सामा ११२, महोत्तरीमा १०७, नवलपरासी पश्चिममा ८०, चितवनमा ७७, सुनसरीमा ७४, कास्कीमा ६९, बर्दिया ५१, नुवाकोटमा ४६, बारामा ४४,कपिलवस्तुमा ४१, बैतडीमा ३८, अर्घाखाँची ३७, रौतहटमा ३६, सिन्धुपाल्चोक ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सिरहा र सिन्धुलीमा ३२÷३२ जना, डडेलधुरामा २८, सर्लाहीमा २७, दैखेलमा २५, कञ्चनपुरमा २४, काभ्रेपलाञ्चोकमा २३, नवलपरासी पूर्व, डोटी १९,सप्तरीमा १७, गोरखामा १६, तनहुँमा १४, रामेछापमा १३, गुल्मी, पाल्पमा ११, जुम्लामा १० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै इलाम, दोलखा, लम्जुङ र अछाममा ८÷८ जना, पर्वत, म्याग्दी, कालिकोटमा ७÷७ जना, बागलुङ र स्याङ्जामा ६÷६ जना, उदयपुर, रूकुम पूर्व, रोल्पा र सल्यानमा ५÷५ जना, ओखलढुंगा र रसुवामा ४÷४ जना थपिएका छन् ।

यस्तै प्युठानमा ३, खोटाङ, ताप्लेजुङ, धनकुटा, भोजपुर र मुगुमा २÷२ जना, तेह्रथुम, पाँचथर, संखुवासभा, सोलुखुम्बु, डोल्पा, रूकुम पश्चिम, दार्चुला र बझाङमा–१÷१ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ ।

उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा छन् ।

कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३३३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमितमुक्त हुनेहरुको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस