१९ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४७८ जनाको परीक्षण गर्दा ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एन्टिजेन विधिबाट ८२७ जनाको परीक्षण गर्दा २१४ जना र पीसीआर विधिबाट ६५१ जनाको परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै २४ घण्टामा सुदूरपश्चिमका थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो ९ दिनमा मात्र कोरोना संक्रमणबाट ५१ जनाकाृ मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म ११५ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।