नेपालगञ्जमा अश्रुग्याँस र हवाई फायर

१९ जेठ बाँके । नेपालगञ्जको धम्बोजी चोकमा राजावादी र प्रहरी विच झडप भएको छ ।
पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्ने राजावादी समूहलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । सो क्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर समेत गरेको छ ।

प्रहरीमाथि ढुंगामुढा भएपछि अश्रुग्याँस र हवाई फायर गरिएको जिप्रका बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनु भयो ।
डीएसपी न्यौपानेका अनुसार प्रहरीले ५ राउन्डभन्दा बढी हवाई फायर गरेको छ ।

स्थानीय प्रशासनले पूर्व राजाको शालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेको थियो । पूर्व राजावादी समुहले भने धम्मवोजी चोकमा पूर्वराजा वीरेन्द्रको शालीक राख्ने प्रयास गरेको थियो ।
त्यो प्रयास असफल भएपछि राजावादीहरले जनआन्दोलनका सहिद सेतु विकको शालीक समेत तोडफोड गरेका छन ।

प्रतिक्रिया दिनुहोस