कालिकोटको आम्ताडा सडकखण्ड अबरुद्ध

कालिकोट । कर्णाली करिडोर अन्तरगत आम्ताडामा सडक अवरुद्ध भएको छ । वाजुराबाट सामान लिन सुर्खेत आउदै गरेको ट्रक सडकको डिभाईडरमा विहान ठोकिएर बाटो वाहिर भिरमा एउटा टाएर अट्किएर रोकिदा बाटो अबरुद्ध भएको हो ।

सडक साँघुरो भएकाले समस्या आएको हो । तलमाथिबाट आउने गागीहरु रोकिएका छन । भे १ ख ३१२६ नम्वरको ट्रक वाजुराबाट सुर्खेत आउदै थियो । राजकुमार शाहीले चलाउको ट्रकको स्ट्रिङले काम नगरेपछि बाटो भन्दा वाहिर गएर भिरमा टाएर अट्किएको छ । ठुलो दुर्घटनाबाट बच्न सफल भएको ट्रकले बाटो रोकेपछि आउव जावतमा समस्या भएको बताईएको छ । डबल लेनको पिच बनिरहेको सडकको माथिल्लो भागमा गाडी हाल्न दिएको थिएन । तल्लोभागमा ट्रक चलाएर आउदै गर्दा टायर बाटो भन्दा वाहिर गएको चालक शाहीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस