१८ असार, कैलाली । नेकपा (माओवादी केन्द्र) निकट वाईसीएल वाजुरा जिल्लाका पूर्व इन्चार्ज कविजंग शाही नेकपामा प्रवेश गर्नु भएको छ ।
बुधवार कैलालीको लम्कीमा नेकपाका स्थायी समिति सदस्य भरत सी र पिविएम विकल्प सीले नवप्रवेशी कविजंगलाई खादा ओढाएर स्वागत गर्दै पार्टी प्रवेश गराउनु भएको हो ।
नवप्रवेशी कविजंगले नेपालमा विप्लव नेतृत्वको नेकपाले आत्मनिर्भर नेता, कार्यकर्ता,पार्टी र जनताको नीति अगाडि सार्दै उत्पादनमा लाग्नु सकरात्मक भएको बताउनु भएको छ ।
कविजंगले नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा उत्पादनको साथ साथै समाजवादी क्रान्तिको यात्रामा नेकपा लागेको देख्दा यो पार्टी सबै भन्दा राम्रो लागेकाले आफु नेकपामा प्रवेश गरेको बताउनु भएको छ ।
उहाँले नेपालमा समाजवादी व्यवस्थाका लागि नेकपाले मात्र इमान्दार पहल गरेको भन्दै खुसी व्यक्त गर्नु भयो ।
नवप्रवेशी कविजंगले आउने दिनहरुमा नेकपा निकट जनपत्रकार संगठनमा आवद्ध भएर कलमको माध्यमबाट भ्रष्टाचार बेथिति विरुद्ध र समाजवादी क्रान्तिको पक्षमा सेवा गर्ने इच्छा रहेको बताउनु भयो ।
नेकपाका स्थायी समिति सदस्य भरत सीले नेकपा अरु पार्टी भन्दा फरक पार्टी भएको भन्दै नेपालमा वास्तविक समाजवादी क्रान्तिका लागि नेकपाले नयाँ कार्यदिशा र कार्यक्रमको विकास गर्दै अगाडि बढेको बताउनु भयो ।
उहाँले पार्टीले थालेको समाजवादी क्रान्तिको यात्रामा केही योगदान गर्ने इच्छाले सहभागी हुने नवप्रवेशी कविजंगलाई स्वागतसंगै धन्यवाद ज्ञापन गर्नु भयो ।
कविजंग २०५८ देखि माओवादीको बाल संगठनमा जोडिदै २०५९र ०६० देखि २०६२।०६३ सम्म चुरे माध्यमिक विद्यालय इकाई अध्यक्ष हुनु भएको थियो ।
२०६३ देखि २०६५ सम्म बाजुरा अखिल क्रान्तिकारी जिल्ला संयोजक हुदै २०७० सालमा माओवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य हुनु भएको थियो ।
उहाँ विद्यार्थी विशेष वाईसील नेपालको वाजुराको सहसचिव पनि हुनु भयो । उहाँ २०७२ सालमा विद्यार्थी केन्द्रीय सचिवालय सदस्य र वाइसीएल बाजुरा जिल्ला इन्चार्ज हुनु भयो ।
उहाँले विद्यार्थी केन्द्रीय सदस्य र वाइसीएलको वाजुरा इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र वस्नु भएको थियो । माओवादी केन्द्रबाट वितृष्णामा पुग्नु भएका कविजंगले अबको क्रान्तिको विकल्प विप्लव देखेकाले नेकपामा लागेको ठोकुवा गर्नु भएको छ ।
प्रवेश कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष पृथ्वी सीको पनि उपस्थिति रहेको थियो ।