विप्लव नेकपा द्धारा ६ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

१८ असार,कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले ६ थान अक्सिजन सिलिण्डर कुमालगाउँ स्वास्थ्य केन्द्रलाई वुधवार हस्तान्तरण गरेको छ ।

नेकपाका जिल्ला इन्चार्ज कर्ण भण्डारी (विराट)ले कुमालगाउँ स्वास्थ्य केन्द्रका कर्मचारीहरुलाई ६ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नु भएको हो ।

नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) को पहलमा उपलव्ध गराईएका ६ थान अक्सिजन सिलिण्डरहरु जिल्ला पार्टीको रोहवरमा हस्तान्तरण गरिएको नेकपाले जनाएको छ ।

कोभिड १९ ले अक्सिजन सिलिण्डर अभाव भइरहेको वेला नेकपाले स्वास्थ्य लाई केन्द्रलाई अक्सिजन सिलिण्डर उपलव्ध गराएको हो । नेकपाले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेपछि स्थानीय सेवाग्राहीहरु भने हर्षित हुदै नेकपालाई धन्यवाद दिएका छन ।

स्वास्थ्य केन्द्रका कर्र्मचारीहरुले पनि नेकपालाई धन्यवाद दिएका छन । नेकपाले अक्सिजन नपाएर मर्नु पर्ने अवस्था जनताको नआहोस भनेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको वताएको छ ।

प्रतिक्रिया दिनुहोस