पार्टी नेताको सम्पत्ति छानविन गर्नुपर्ने माओवादी नेताको माग

१७ साउन,काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले आफ्नो पार्टीका केही मुख्य नेताहरुको सम्पत्ति छानविन हुनुपर्ने माग गरेका छन ।

नेकपा माओवादी केन्द्रको वुधवारवाट काठमाडौमा सुरु भएको वैठकमा धारण राख्ने अधिकाँस केन्द्रीय सदस्यहरुले नेताहरुको सम्पत्ति छानविन हुनुपर्ने माग गरेका हुन ।

उनीहरुले पार्टी र सत्ताको शक्ति दुरुपयोग गरी केही नेताहरुले अकुत सम्पत्ति कमाएको आरोप समेत लगाएका छन ।

पार्टीका केन्द्रीय सदस्य कृष्ण केसीले जेलमा थुन्नुपर्ने मान्छे माओवादी केन्द्र भित्रै रहेको भन्दै नेताहरूको ०४६ सालयताको सम्पत्ति छानबिन गर्नु पर्ने माग गर्नु भयो ।

उहाँले माओवादी केन्द्र कम्युनिष्ट पार्टी र संस्कार भन्दा वाहिर गएको समेत वताउनु भयो ।

पार्टीका अर्का केन्द्रीय सदस्य लक्ष्यराम आचार्यले पनि पार्टी नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्न माग गर्नु भयो ।

उहाँले कम्युनिष्ट भनेको श्रर्वहारा वर्ग हो भन्ने तर अकुत सम्पत्ति कुम्ल्याउने नेता वा कार्यकर्ता जो भए पनि कम्युनिष्ट हुन नसक्ने जिकिर गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस