उर्जामन्त्री पुन र मुख्यमन्त्री शाहीलाई लक्षित गरी २ वटा शक्तिशाली बम बिष्फोट

मंसिर १६,कालिकोट । कालिकोटकाे शान्तीघाटमा फुकोड कर्णाली हाइड्राेको अनुगमनका लागि आउनु भएका उर्जामन्त्री बर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी २ वटा शक्तीसाली बम विष्फोट भएको छ ।

 

बम विष्फोट विप्लप नेकपाका कार्यकर्ताले गरेको जनाएको छ । कार्यक्रम स्थल नजिकै बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको छैन । तर स्थानिय बासी भने त्रसित भएका छन् ।

बम बिस्पोट लगतै नेकपाका कालीकोट सेक्रेटरी मनिलाल ऐडीले म्यासेन्जर मार्फत बम बिस्पोटको जानकरी गराउनु भएको छ । उहाँले आधिकारी बिज्ञाप्ती प्रकाशित गरेर बिस्पोटको जिम्मेवारी नलिएपनि म्यासेन्जर मार्फत आफुले बम बिस्पोट गराएको जानकारी सबै मिडियालाई दिनु भएको छ ।

सरकार जस्तै हत्या गर्ने योजनामा नरहेकाले बिरोधका लागी मात्र बिस्पोट गराएको वताउनुभयो । हामीले चाहे ज्यान जाने गरी पनि बिस्पोट गराउन सक्ने भन्दै उहाँले तत्काल राज्यले युद् चाहे पनि आफुले नचाहेको वताउनुभयो ।

कालिकोटकाे शान्तीघाटमा फुकोड कर्णाली हाइड्राेको अनुगमनका लागि आउनु भएका उर्जामन्त्री बर्षमान पुन, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, माननीय दुर्ग बहादुर रावत, प्रदेश माननीय कुमराज शाही, जिल्ला पार्टी अध्यक्ष धनजित शाही र सचिव नेशनल शाही लगायत स्थानीय तहका प्रमुख उपप्रमुख लगायत स्थानीयको सहगागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस