कालिकोट सुर्खेत सेवा समाज द्धारा अग्नी पिडितका लागि १ लाख ५० हजार राहत रकम संकलन

मंसिर १७, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ४ का अग्नी पिडितलाई कालिकोट सुर्खेत सेवा समाजले सुर्खेतमा १ लाख ५० हजार बराबरकाे राहत रकम संकलन गरेको छ ।

आईतबारबाट सुरु गरेको राहत संकलन अभियानले मंगलबार सम्म सुर्खेतमा रहेका बिभिन्न कार्यालय, संघ संस्था, ब्यापारी लगायत सहयोगि मनहरुबाट १ लाख बराबरको जेन्सी समाग्री र ५० हजार नगद गरी १ लाख ५० हजार बराबरकाे राहत रकम संकलन गरेको हो ।

शनिवार बिहान राँचुलीमा आगलागी हुदा तीन घरका १२ वटा परिवार आगलागीवाट बिस्तापित परिवलाई सहयोगार्थ कोरियाबाट प्रकाश सिंहले नगत रु १० हजार एक सय, सन्ध्या फाउन्डेशन जुम्लाका अध्यक्ष सारदा पछाईले नगद रु ५ हजार र पाण्डे ज्वैलसका संचालक देबि कृष्ण पाण्डेले १३ बोरा चामल लगायत अन्य ब्यापारी तथा संघ सस्थाबाट गरी १ लाख बराबरको जिन्सि समाग्री र ५० हजार नगत राहत संकलन भएको कालिकोट सुर्खेत सेवा समाजका महासचिव राजकुमार परिवारले बताउनु भएको छ ।

महासचिव परिवारले यो संकटका बेला सबैले सक्दो सहयोग गरेर पिडितको घाउँमा मलमपट्टी लगाउनमा सहयोग गर्न सबैमा अपिल गर्दै संकलित राहत समाग्री केही दिनमा पिडित कहाँ पुर्याउने र सबैको समन्वयमा पिडितलाई राहत बितरण गर्ने पनि जनकारी दिनु भएको छ ।

घर जलेर छिमेकीको घरमा बास बस्नु पर्ने, बिद्यालयको कोठामा ओतलाग्न वाध्य परिवारको गाँसका लागि आफुहरुले आफ्नो तर्फबाट सक्दो अनुसारकोे सहयोग प्रयोस कालिकोट सुर्खेत सेवा समाजका अध्यक्ष लोकेश पोख्रेल बताउनु भयो । रहत संकलनमा कालिकोट सुर्खेत सेवा समाजका अध्यक्ष लोकेश पोख्रेल, महासचिव राजकुमार परियार, सदस्य खगेन्द्र मल्ल, प्रदिप बोहोरा, हिक्मत सिंह, राम बहादुर बटला, सुजन बुढा, पवन माझी, प्रेम प्रसाद चौलागाईं, जीवन गिरी, परेक बटला, रामबहादुर मल्ल, बसराज बोहोरा, साझा घरका संचालक विनोद प्रसाद चौलागाईं लगाएतका युवाहरुको सहभागिता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस