भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको माओवादीद्धारा घोर भत्सर्ना

१९ पुस, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको घोर भत्सर्ना गरेको छ ।
नेकपा (माओवादी)का महासचिव विप्लव सीले शनिवार एक प्रेश विज्ञप्ति जारी गर्दै भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको घोर भत्सर्ना गर्नु भएको हो ।
माओवादीले समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता संचालनकै कारण गरिएको अमेरिकी हमला साम्राज्यवादी– सैन्य हस्तक्षेप भएको दाबी गरेको छ ।
माओवादीले विज्ञप्तिमा भनेको छ ‘अमेरिकाले लागुपदार्थ ओसारपसारको कृतिम आरोप थोपर्दै सार्वभौम मुलुक भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको छ । यसले विश्वलाई स्तब्ध बनाएको छ । हामी यो विध्वंसकारी र अतिक्रमणकारी हमलाको घोर भत्सर्ना गर्दछौं ।’
माओवादीले राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवधिकारको ठाडो उलङ्घन गरेको भन्दै अमेरिकाले यथासिघ्र आक्रमण रोकि समस्याको समाधान वार्ता र सहमतिबाट खोज्नु पनि माग गरेको छ ।
माओवादीले विश्व राजनीतिक शक्ति, मानवधिकारवादी र नागरिक समाजले यसका लागि सशक्त पहल गर्न विज्ञप्ति मार्फत आग्रह समेत गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस