नेकपा कालिकोट द्धारा ‘भण्डाफोर तथा संगठन सुदृढ र विस्तार’ अभियान सुरु

१९ पुस,कालिकोट । नेकपा कालिकोटले जिल्लाभर भण्डाफोर तथा संगठन सुदृढ र विस्तार अभियान सुरु गरेको छ ।
नेकपाले जिल्लाभर पाँच वटा अभियान टिम वनाएर अभियान सुरु गरेको जिल्ला सेक्रेटरी शाहसीले जानकारी दिनु भयो ।

नेकपाले समाजमा भईरहेको भ्रष्टाचार अनियमिता लगायतको भण्डाफोर गर्ने र आफ्नो पार्टी संगठन सुदृढ र विस्तार गर्ने उद्देश्यले यो अभियान संचालन गरेको हो ।

जिल्ला सेक्रेटरी शाहसीको नेतृत्वमा सोमवार लालुको ठाँटीकोटमा भण्डाफोर तथा संगठन सुदृढ र विस्तार अभियानको एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

नेकपाले दलाल पूँजीवादी विकृतिको भण्डाफोर गरौ, जनजागरण सहित जनसम्वन्ध विस्तार गरौ । भन्ने मुलनारा सहित भण्डाफोर तथा संगठन सुदृढ र विस्तार अभियान उद्घाटन गरेको हो ।

अभियानको उद्घाटन कार्यक्रममा प्रमुअ अतिथि तथा सेक्रेटरी शाहसीले दलाल संसदीय प्रतिक्रियावादी व्यवस्थाको शुद्धिकरण नभई परिवर्तन आवश्यक भएको वताउनु भयो ।

उहाँले दलाल व्यवस्थाको विकल्प नेपालमा वैज्ञानिक समाजवादको स्थापना मात्र भएको भन्दै एकीकृत जनक्रान्ति नै नेपाली जनताको भाग्य र भविश्यको सुनिश्चत गर्ने वताउनु भयो ।

उहाँले अहिलेको सरकार रुपमा कम्युनिष्ट भएपनि सारमा कमाउनिष्ट मात्र भएको र यसले जनताको जीवनस्तरमा कुनै परिवर्तन गर्न नसक्ने उद्घोष गर्नु भयो ।

कार्यक्रममा अतिथि धरातलले अभियानको लक्ष्य र उद्देश्य प्रष्ट्याउनु भयो । उल्लेखिय जनताको सहभागीता रहेको अभियान उद्घाटनामा अन्य अतिथिहरुले समेत वोल्नु भएको थियो ।

कार्यक्रममा अनेरास्वविय क्रान्तिकारी का के स धनराज सी, नेकपा कालिकोट जिल्ला सदस्य रक्तिम सी, नेकपा कालिकोट जिल्ला सदस्य विजय सी, नेकपा कालिकोट जिल्ला सदस्य राधिका सी लगायतको आतिथ्यता रहको थियो ।

नेकपा जिल्ला सचिवालय सदस्य अर्जुन सी को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस