कालिकोटमा महेन्द्रको चुनाव प्रचारका नाममा दलित समुदयामाथि अपमान र घृणा

२० माघ, कालिकोट । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेन्द्रबहादुर शाही संरक्षित केही व्यक्तिहरुले दलित समुदायमाथि अपमान र घृष्णा फैलाउने शव्द प्रयोग गरि चुनाव प्रचार गर्न थालेका छन ।

उनीहरुले कानुन विपरित समाजमा जातीय विभेद फैलाउने र दलित समुदायमाथि अपमान तथा घृष्णा फैलाउने शव्दहरु सामाजिक सञ्जालमा लेखेर चुनाव प्रचार गरिरहेका हुन ।

शाही संरक्षित व्यक्तिहरुमध्ये केहीले फ्याक आई र केहीले बास्तविक आईडि बनाई सिंगो दलित समुदायमाथि गाली गलौज तथा घृणित शव्दहरु लेखेका छन ।

जेन्जीन प्रदेश (Genzin Pradesh) नामको फ्याक आईडीबाट सिंगो दलित समुदायमाथि गम्भीर तथा सुन्नै नसकिने शव्दहरुले गाली गलौज गर्दै फेसबुकवालमा पोष्ट गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) विरुद्ध लक्षित गर्दै सिंगो दलित समुदायलाई ठेश पुग्ने गरि सामाजिक सञ्चालमा तथानाम गाली गलौज लेखिएको छ ।

यसले दलित समुदायमाथि अपमानदेखि नेपालको कानुनलाई नै धज्जि उडाएको छ । यो फ्याक आईडीबाट प्रवक्ता प्रकाण्ड विरुद्ध ‘खड्के कमारा’ जस्ता नितान्तै गलत शव्दहरु लेखिएका छन ।

वास्तविक फेसबुक आईडि Kishor Bista नामका व्यक्तिले आफ्नो आईडीबाट ‘डुमवाडीहरु होशियार कसरी जित्छौ यार चुनाव पैसा पनि छैन अनि केटाहरु पनि छैन’ भन्ने जस्ता अपमानित शव्दहरु लेखेका छन ।

Resham Purush नामको फेसबुक आईडीका व्यक्तिले जातले भन्दा पनि व्यवहारले डुमाडि भनेका हुन जस्ता शव्दहरु लेखेका छन ।

यस्तै फ्याक आईडी बनाएर Subham leemboo नामका व्यक्तिले पनि फेसवुकमा तथानाम जातीय विभेद फैलाउने गाली गलौज गर्दै प्रकाण्डलाई आतंककारीको संज्ञा दिएका छन ।

यस्तै शुभकालिका गाउँपालिकाको सुरेन्द्र आर्चाय, लालुका कल्याण शाही, स्यूना रास्कोटका मनप्रसाद संज्याल लगायतका व्यक्तिहरुले जातीय विभेद फैलाउने, अपमान र घृष्णा फैलाउने शव्दहरु लेखेका छन ।

जातीय विभेद फैलाउने र घृष्णा फैलाउने व्यक्ति महेन्द्रकै संरक्षित व्यक्ति भएको केही श्रोतले बताएको छ । सो आईडिबाट महेन्द्र शाहीको पक्ष लिदै प्रकाण्डको विरोध गर्दै सिंगो दलित समुदायमाथि आक्रमण गरिएको छ ।

पलाता गाउँपालिकाका दलित युवा महेश सुनारले (Genzin Pradesh) नामको फ्याक आइडी अस्मीत बम साईनो भन्ने व्यक्तिले खोलेको हुन सक्ने बताउनु भएको छ ।

उहाँले अस्मीत बमलाई समेत अनुसन्धान गरि कार्वाही गरि पाउ भनि साईबर व्यूरो भोटाहिटी काठमाडौमा उजुरी दिएको ज्वाला खवरलाई जानकारी दिनु भयो ।

जिल्ला प्रशासन कार्यालय कालिकोटले समेत आईतवार नै एक विज्ञप्ति जारी गर्दै जातीय विभेद फैलाउने र दलितमाथि अपमान हुने शव्द नलेख्न सचेत गराउदै दोषीमाथि कानुन बमोजिम कार्वाही हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस