नेकपा मध्येकर्णाली व्युरोको प्रथम बैठक जारी

माघ २०, दैलेख । नेपाल कम्युनिस्ट पार्टी मध्ये कर्णाली ब्युरोको प्रथम बैठक शुरु भएको छ।

हालै सम्पन्न भएको पार्टी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकले तय गरेको ६ महिने आवधिक योजनालाई मध्ये कर्णाली ब्युरोको स्थिति र सापेक्षतामा लागु गर्न योजना निर्माण गर्ने उदेश्यले बैठक बसेकाे हाे ।

दैलेख जिल्लाको आठविस नगरपालिकाको सातलामा बिहिवार देखि शुरु भएको प्रथम बैठक सुर्खेत, दैलेख र कालिकोट जिल्लाको जिल्ला गत रिपोर्टको प्रस्तुति सहित केन्द्रिय समितिको सर्कुलर र दस्तावेज वाचन गर्दै आवधिक योजना निर्माणमा केन्द्रित भएको बताइएको छ।

शुक्रवार बेलुका सम्म सकिने गरि भैरहेको मध्ये कर्णाली ब्युरोको प्रथम बैठकमा नेकपा केन्द्रिय सदस्य बिराटको प्रमुख आतिथ्यता , ब्युरो इन्चार्ज बिबेक सी को अध्यक्षता र केन्द्रिय सदस्यहरु रणदीप र अबिचल सहित ११ जना ब्युरो सदस्यहरुको सहभागिता रहेको जानकारी ब्यूरो इन्चार्ज बिबेक सी ले दिएकारी दिनु भयाे । बैठक आजै सम्पन्न हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस