अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको १३ औं जिल्ला सम्मेलन शुरू

माघ २० दैलेख । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (क्रान्तिकारी) दैलेखको १३औं जिल्ला सम्मेलन शुरू भएको छ ।

‘सम्पूर्ण वामपन्थी देशभक्त प्रगतिशील जनतान्त्रिक विद्यार्थीहरू एक औं, राष्ट्रघात, जनघात र भूमण्डलीकृत पुजिवादका विरूद्व जुझारु संगठन’ भन्ने मुल नाराका साथ दैलेख आठविसमा शुरू भएको हाे ।

महेन्द्र सी काे अध्यक्षतामा शरू भएको कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी रहनु भएको थियो भने अतिथिहरु पार्टी केन्द्रीय सदस्य बलवान् सी,पार्टी सुर्खेत जिल्ला इन्चार्ज धुर्ब सी, दैलेख जिल्ला इन्चार्ज विवेक सि, दैलेख जिल्ला सेक्रेटरी प्रकाश सि, कालिकोट जिल्ला सेक्रेटरी शाहासि सि, सुर्खेत जिल्ला सेक्रेटरी जित सि, अनेरास्ववियुका केन्द्रीय सचिव प्रकाश सी, अनेम संघ ( क्रान्तिकारी ) केन्द्रीय सदस्य शान्ति सी र योजना सी लगाएतका आतिथिहरु रहेका छन ।

सम्मेलनकाे आज उद्घाटनसत्र र भाेलि बन्दसत्र गरि दुई दिन सम्म जाने मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सि ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस