२० बैसाख, काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस । देशभर विभिन्न प्रेस संघ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छन ।
नेपाल पत्रकार महासङ्घ लगायत विभिन्न प्रेस संघ संगठनहरुले प्रभातफेरी लगायतका कार्यक्रम गरी मनाउन लागेका हुन ।
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नाराकासाथ काठमाडौ लगायत देशभर कार्यक्रम गरी मनाईदै छ ।
काठमाडौको रत्नपार्क शान्तिकाबाटदेखि भृकुटीमण्डपसम्म प्रभात गरी गरी सभामा गरिएको छ । त्यसअवसरमा प्रेस तथा अभिव्यक्तिका लागि समयमा भएका सङ्घर्षमा योगदान गर्ने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव प्रकट गरिएको छ ।
विश्व प्रेस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने विश्वास बक्ताहरुले व्यक्त गरेका छन ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा महासङ्घले देशभरकै पत्रकार अवस्था र प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्दै आएकामा अघिल्ला वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको बताउनु भएको छ ।