वन्दी जयवहादुरको आमाको निधनमा नेकपाको दुख व्यक्त

२० वैसाख, वर्दिया । विप्लव नेतृत्वको नेकपा जिल्ला समिति वर्दियाले आफ्नो पार्टीका जिल्ला सदस्य जयवहादुर ठाडा मगरको ममतामयी आमा हिरा राना मगरको दुखद निधन भएको घटनामा पार्टी अत्यन्त मर्माहित भएको वताएको छ ।

जिल्ला सेक्रेटरी हिमशिखरले सोमवार एक शोक वक्तव्य जारी गरि यस घटनामा पार्टी अत्यन्तै मर्माहित भएको भन्दै ममतामयी आमा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्नुृ भएको छ ।

जारी शोक वक्तव्यमा सरकारले झुट्टा मुद्धा लगाएर वर्दिया कारागरमा जेल जीवन विताईरहनु भएका जयवहादुरको आमा हिरा राना मगरको ९८ वर्षको उमेरमा सुर्खेत भेरीगंगा नगरपालिका २ सादेनी आफ्नै घरमा सोमवार दुखद निधन भएको उल्लेख गरिएको छ ।

वक्तव्यको अन्तमा, मातृशोकमा पर्नु भएका वन्दी जयवहादुर लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा पार्टीको तर्फवाट गहिरो संवेदना प्रकट गरिएको छ ।

शोक वक्तव्यको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस