आज ७,४४८ जनामा संक्रमण, ३७ जनाको मृत्यु

 

२० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा आज थप ७,४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये एक हजार १८१ जना अस्पतालमा उपचाररत छन् ।

जसमध्ये १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या तीन हजार ३६२ पुगेको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६१९, बाँकेमा ४४०, मोरङमा ३६२, कास्कीमा ३५५, चितवनमा १७५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै कैलालीमा १२७, काभ्रेपलाञ्चोकमा ११९, कपिलवस्तुमा ११५, सुनसरीमा ११२ र दाङमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटा र पर्सामा ९७÷९७ जना, पाल्पामा ९३, कञ्चनपुरमा ६०, झापामा ४८, मकवानपुर र बर्दियामा ४४÷४४ जना, नवलपरासी पश्चिममा ४२, नुवाकोटमा ३९, सिन्धुपाल्चोकमा ३२, गोरखा र सल्यानमा ३१÷३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ३०, बैतडीमा २८, सिरहामा २७, डडेल्धुरामा २६, धादिङमा २५, म्याग्दी, नवलपरासी पूर्व र अर्घाखाँचीमा २४÷२४ जना, सप्तरीमा २१, सर्लाही र लम्जुङमा २०÷२० जना, गुल्मीमा १९, बारा र तनहुँमा १८÷१८ जना, रौतहटमा १७, सिन्धुलीमा १६, जुम्लामा १५,पर्वतमा १४, उदयपुर र सल्यानमा १२÷१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै संखुवासभामा १३, धनकुटा, रामेछाप र रोल्पामा १०÷१० जना, प्युठानमा ८, बागलुङमा ९, खोटाङ र अछाममा ६÷६ जना, तेह्रथुम र दैलेखमा ५÷५ जना, इलाम, ताप्लेजुङ, भोजपुर र रसुवामा ४÷४ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी पाँचथर, सुर्खेत र दार्चुलामा ३÷३ जना, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मुस्ताङ, रूकुम पूर्व, कालीकोट, मुगु, हुम्ला र डोटीमा २÷२ जना र रूकुम पश्चिम, बझाङ र बाजुरामा १÷१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ वर्ष मुनिका १५६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४२९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस