जातीय विभेद घटाउन सवै नेपालीहरुले आफ्नो थरमा ‘नेपाली’ लेख्नु एउटा उत्तम विकल्प हुन सक्छ । यसका लागि वर्तमान सरकारले सवै नेपालीहरुको नामको पछाडीको थर तत्काल खारेज गरी नेपाली मात्र लेख्न पाउने व्यवस्था कायम गर्नु पर्छ । यो अहिलेको नेपाली समाजमा देखिएको जातीय विभेदको समाधान गर्ने केही भरपर्दो विधि हुन सक्छ । दलित माथिको राजनीतिक र आर्थिक विभेद त छदै थियो । त्यसैमा अहिले सामाजिक र साँस्कृतिक विभेद सवै भन्दा समाज विकासको वाधक र मानवता विरुद्धको जघन्य अपराध तिर जान थालेको छ । जेठ १० गते रुकुमको सोती गाँउमा भएको जातीय विभेदले मल्ल परिवारकी छोरी संग प्रेम सम्वन्ध राखि विवाह गर्न खोजेकै कारण आधा दर्जन निर्दोस युवाले ज्यान गुमाउनु पर्यो । यो घटना मानव कलंकको निकृष्ट अपराधको रुपमा देखियो । यो अपराध मात्र होईन जघन्य अपराध हो । यसका दोषिहरुलाई जति सजाय गरेपनि कमै हुन्छ ।
मानव समाजको विकासक्रम कसरी भयो ? कहाँ वाट भयो ? जात जातीहरु के कसरी वनाईए ? जस्ता प्रश्नहरुको उत्तर नखोज्ने र अध्ययन नगर्ने जो कोही लाई जातीय छुवाछुत र विभेदहरु सामान्य लाग्न सक्छ । गाईको पिसाव पिउनेहरुको लागि स्वभाविक होला । तर आज मानव विकासको इतिहाँस अध्ययन गरेका र विज्ञान प्रविधिको युगको वारे वुझेका व्यक्तिहरुको लागि यो घटना सामान्य छैन यो महाअपराध छ । यो घटना मानवरुपी गोरुहरुले गर्न सक्छ । आज मानवरुपी गोरुहरु रुकुम सोतीमा देखिएका छन । २१ औ सताव्दिमा पनि मानवरुपी गोरुहरु ज्युदा हुनु र महाअपराधको घटना घटाउनु नितान्त चिन्ताजनक, खेदजनक र आपत्तीजनक विषय हो । अझै भन्ने हो भने गोरु पनि आफ्नो वथान चिन्छ । संगै वस्छ । कसैको त्यसरी ज्यान नै लिदैन । तर त्यो भन्दा पनि तल्लो स्तरमा गिरेर मानवता विरुद्धको घटना घटाईयो यो विश्व मानव समुदायको लागि स्तव्धको विषय हो । गम्भीर सोचनियको विषय हो ।
आज जातीय विभेद कै कारण ज्यान लिने घटना नेपालामा पहिलो पटक भने भएको होइन । स्मरण रहोस यसअघि चुलो छोएको आरोपमा कालीकोट जुविथा गाँउका मानवीर सुनारको हत्या गरिनु, दलित भएकै कारण कालीकोट लालुमा जनप्रतिनिधि मन्ना सार्कीको हत्या गरिनु जस्ता थुपै देशभर ज्यान लिएका घटनाहरु हाम्रो अगाडि ताजै छन । जसको निराकरणको उपाय समयमै राज्यले निकाल्न नसक्दा आज रुकुम घटना सवै भन्दा उच्च सामुहिक मानवता विरुद्धको हत्याकाण्डमा अभिव्यक्त भयो । फेरी पनि यो भन्दा ठुल्लठुला दलित समुदाय माथि हत्याकाण्ड नहोला भन्न सकिने अवस्था छैन । दलित समुदाय असुरक्षित ,राज्य विहिन, अधिकार विहिन, जस्तो अवस्थामा पुग्न वाध्य वनायो । म मानव हु भन्न पनि नसकिने होकी भन्ने अवस्था भयो । आखीर यो के हो त ? यस्ता घटनाहरु किन भइरहेका छन त ? यसको मुलकारण के हो त ? यो खोज्न जरुरी छ । यस्ता प्रश्नहरुको उत्तर सवैमा पुर्याउन पनि जरुरी छ ।
आज भन्दा झण्डै इसापूर्व ४ अर्ब ५० करोड वर्ष अघि पृथ्वीको उत्पती भएको अनुमान छ । त्यसपछिको लामो समयको अन्तरालमा करिव ५० लाख वर्ष अघि प्रारम्भीक मानवको रुपमा टासिएर मानवको यो पृथ्वीमा उत्पती भएको वैज्ञानिकहरुको ठहर छ । यो मानवले धेरै चरण पार गर्दै डेडु वाँधर हुदै आधुनिक मानव सम्म आइपुग्यो । त्यो मानवले आधुनिक मानव सम्म पुग्न प्रकृति संग धेरै वर्ष संघर्ष गर्नु पर्यो । त्यसपछिको मानव आदीम साम्यवादी युग, दासयुग, सामन्तवादी युग पार गर्दै अहिले पुजिवादी युग सम्म आइपुगेको छ । हालको विकसित मानवको पूर्खा सवैको एउटै हो भन्नेमा कुनै दुविदा छैन । दासयुग वाटै मानव –मानवमा निजी सम्पतिको भावनाको तिव्र विकास हुनु , वर्गको उदय हुनु ,धनि वन्ने प्रतिस्पर्धा हुनु, एकले अर्को माथि शासन गर्नु , हार्नेलाई दास वनाएर कजाउनु जस्ता, विभेदहरु देखा परे । त्यहाँ धनी गरिव विचको विभदे मात्र नभएर जातीय विभेद पनि सुरुवात भए । सामन्तवादी युग र पूजीवादी युगमा पनि शोषण, दमन संगै जातीय विभेदको खाडल वढन गयो । नेपालमा पनि यसको प्रभाव नपर्ने कुरै थिएन ।
नेपालमा १४ औं सताब्दी तिर तत्कालीन मल्ल राजा जयस्थिति मल्लले पेशाको आधारमा जात जातीको विभाजन गरी कानुनी रुपमै जातीय छुवाछुतको कुप्रथा कायम गरे । पुजा पाठ गर्नेलाई वाहुन वनाए । सुनको काम गर्नेलाई सुनार वनाए । फलामको काम गर्नेलाई लुवार वनाए । लडाई गर्ने वलियालाई क्षेत्री, ठकुरी,जनजाती वनाए । तल्लो जाती वनाएको हात वाट पानी खाएमा कडा कार्वाही हुने नियम समेत वनाए । जसका कारण जातीय गन्ध फैलिन थाल्यो । नियन्त्रण गर्ने निकाय नै भएन । सरकारले नै वढवा दियो । ठुला भनिने जातीहरुमा जातीय दम्भ, अहंकार र घमण्डको विकास भयो ।
यसले व्राहमणवादको विकास गर्यो । तल्लो भनिएका जाती संग पानी र छोरी चेली नचल्ने वनाईयो । अझै माथिल्लो भनिनेहरुले तल्लो जातकी राम्री छोरी चेली भएमा जवानीको मोज मस्ती गर्न चल्छ रे ! तर विवाह गर्न चल्दैन भन्ने गलत संस्कार वनाइयो । माथिल्लो जातकी छोरी चेली संग तल्लो जात भएकाले हेर्नै नहुने संस्कार वनाईयो । हेरेमा कडा दण्ड जरिवालाको व्यवस्था गरियो । यो नै समाज विकासको घातक थियो । यसलाई हटाउन पछिल्ला सरकारहरुले देखावटी नियम कानुनहरु वनाएपनि कार्यान्वयन गराउने निकाय नै निकै कमजोर भयो । जसको कारण आज रुकुम सोती घटना जन्मियो । पछिल्लो समय जातीय विभेदका घटनाहरु वढनुको मुलकारण यहि हो ।
अव नेपालमा यसलाई रोक्ने एउटा उपाय चाहिएको छ । यस्ता घटनाहरु हुन नदिने अविभावकीय सरकार चाहिएको छ । नेपाल र नेपाली एउटै हौ भन्ने भावना चाहिएको छ । औपचारिकताको लागि मात्र होईन वनाएका संविधान कानुनहरु कडाइपूर्व कार्यान्वयन गर्ने राज्य चाहिएको छ । मुखदर्शक राज्यका निकाय चाहिएको छैन । सरकारले जति कोशिस गरे पनि यो अप्राप्त छ । यस्तै गतिले यो विभेद कहिलै हटाउन सकिदैन । बरु नयाँ विकल्प भनेको नेपाली सवैको थरमा नेपाली मात्र लेख्ने चलन चलाउनु पर्छ ।
सवै नेपालीले तयार पनि वन्नु पर्छ । किनकी हाम्रो देश नेपाल हो । नेपालमा वस्ने हामी सवै नेपाली हौं । सवैको थर नेपाली नै स्वीकार्य छ । दलित भनेर, कामी भनेर हेप्ने प्रवृतिको अन्त्य यो पहल कदमी वाट हुन सक्छ भन्ने विश्वास गर्न सकिन्छ । नेपालीहरु सवैको नागरिकताको नामको पछि लेखिने ठकुरी, वाहुन, सुनार थारु, मधेशी थरहरु खारेज गर्नै पर्छ । आउने पुस्ताको नामको पछि पनि नेपाली लेखाउने चलन चल्ति सरकारले वसाउनु पर्छ । वर्तमान संविधान संसोधन गरी कानुनी व्यवस्था मिलाउनु उपयुक्त हुन्छ ।
के यो काम गर्न अहिलेको सरकार सक्षम छ ? छ भने किन ढिलाई सरकार ! यदि यो काम गरिएमा सवैले हाई हाई नै गर्छन होला सरकार ! यो कदमले झण्डै ८० प्रतिशत वढी जातीय विभेद हटनेछ । त्यसपछि राजनीतिक र आर्थिक विभेद वाट पनि दलित समुदाय माथि उठन सक्छ । दलित भन्ने शव्द नै खारेज गर्नु पर्छ । दलित होत सवै दलित, होइन त कोही पनि होइन भन्ने अवस्थाको सृजना गरिनु पर्छ । अनि मात्र दलित माथिको सामाजिक ,साँस्कृतिक, आर्थिक र राजनीतिक विभेद खारेज गर्न सकिन्छ ।
जातीय अहंकार, दम्भ र घमण्ड पनि तोडीने छ । त्यसैले सवै नेपालीहरुले नामको पछि थरमा नेपाली लेखौं । यसको वारे सम्वन्धित निकायमा वहस गर्रौ । कानुनी व्यवस्था कायम गर्न राज्यलाई दबाव दिउँ । जातीय विभेदको उत्तम विकल्पको वाटोमा जाऔं । रुकुम घटना नदोहोरीने वातावरणको सृजना गर्रौ । सभ्य, विकशित, अनुशासित विभेदरहित नेपाली समाजको निमार्ण गरौ । सवैले यहि प्रतिज्ञा गरौं ।