२० जेठ, सुर्खेत । नेकपा धर्मेन्द्र समुहले स्थानीय तहको निर्वाचनको वेला राप्रपा र माओवादी केन्द्र संग मोटो रकम खाएर भोट दिएको खुलासा भएको छ ।
निर्वाचनको प्रयोग गरेर जनतामा जोडिने निर्णय गरेको नेकपा वाट निर्वाचनको विरोध गर्दै टुक्रिएको सो समुहले यस्तो कार्य गरेको खुलासा हुनु क्रान्ति विरोधी नियत झल्किएको छ । पार्टीको केन्द्रीय समितिको वैठकले निर्वाचनमा सहभागी हुने र एमसीसी विरोधीलाई सहयोग गर्ने र सहयोग लिने निर्णय गरेको थियो ।
तर धर्मेन्द्र समुह भने आतंकित मानसिकता र साम्राज्यवादी डिजाईनमा एमसीसीको पैसा खाएर पार्टी दुक्र्याउने तिर लागेको नेकपाको दावी छ । सो समुहका प्रभावशाली नेताहरु आफै भोटहाल्न मतदान केन्द्रमा पुगेका छन ।
वाँके जिल्लाका इन्चार्ज उदय वहादुर चलाउने दिपक आफ्नो श्रीमती सहित वैसाख ३० गतेको विहान ७ वजे मतदान केन्द्र लक्ष्मी माविमा पुग्नु भएको छ । उहाँले जिल्ला भरीको आफ्नो समुहमा रहेका कार्यकर्तालाई समेत माओवादी केन्द्र वा राप्रपाको उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएको रहस्य खुलेको छ ।
यसको मतलव सो समुहले माओवादी केन्द्र वा राप्रपा दुवै वाट केही रुपैया खाएर नै भोटहाल्न लगाइएको हुन सक्ने उनी निकटकै केही कार्यकर्ताले वताएका छन । कार्यकर्ता र जनतालाई गुमराहमा राखेर चुनावमा जानु हुदैन भन्ने ती नेताहरु आफै भोट वेच्ने अभियानमा अग्रसर देखिनु क्रान्ति गर्छौ भन्ने भित्रको गम्भीर समस्या हो ।
यस्तै सो समुहले वर्दिया,सुर्खेत लगायतका विभिन्न जिल्लाको स्थानीय तहको निर्वाचनमा पनि अन्य दलवाट मोटो रुपैया खाएर भोट दिएको घटनाहरु वाहिरीएका छन ।
धर्मेन्द्र समुहले मुखमा क्रान्तिकोको रटान दिने र सारमा क्रान्तिकारी आन्दोलन,विचार र नेतृत्व विरुद्ध लाग्ने काम गरिरहेको वाम वुद्धिजीवीहरुको वुझाई छ । नेकपा वाट ६९ जना केन्द्रीय सदस्य मध्य ९ जना मात्र केन्द्रीय सदस्य लिएर फुटेको धर्मेन्द्र समुहले पार्टीको नामै नेकपा (वहुमत) राख्नु लज्जाको विषय भएको नेकपाले दावी गरेको छ ।
नेकपाले चुनावमा जाँदैनौ भन्ने तर देशभर रुपैयाको वार्गेनिङ्ग गरेर संसदवादी दललाई नै भोटहाल्ने गलत प्रवृति कुनैपनि हालतमा क्रान्तिकारी शक्तिलाई स्वीकारे नहुने चेतावनी दिएको छ ।