कालिकोटका विद्यालयमा लागु औंषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

१९ असार, कालिकोट । पछिल्लो समयमा कालिकोटमा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन विद्यालयमै पुगेर सचेत गराउन थालेको छ ।

खुला सिमाना, बढ्दो बजारीकरण, सडक विस्तार पश्चिमा संस्कृतिको प्रभावले लागु औषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेका लागु औषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको हाे ।

सामाजिक विकास कार्यालय कालिकोटको आयोजनामा बुधबार खाँडाचक्र नगरपालिका ५ रहेको चुलिमालिका माध्यमिक विद्यालय घाेडेनाका विद्यार्थी र अभिभावकलाई लागु औषधको दुर्व्यसनका बारेमा सचेतना जगाउन कार्यक्रमको आयाेजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिका र अभिभावकलाई लागु औषधबाट हुने हानि र त्यसका असरबारे जानकारी गराउनु भएको थियो ।

उहाँले लागु औंषध दुर्व्यसनविरुद्ध सचेत गराउदै लागुऔषधले मानसिक, शारीरिक तथा सामाजिक कुराहरूमा पार्ने असरबारे जानकारी गराउनुभयाे ।

‘लागूऔषध दुर्व्यसनी विरूद्व विद्यालय तथा समुदाय स्तरमा शिक्षा कार्यक्रम अन्तरगत अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम’ मा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले विद्यालयमा अध्ययनरत छात्रछात्रा र शिक्षक र अभिभावकलाई लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

उहाँले विद्यार्थी र युवाले लागु औषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरी, विद्यालय र अभिभावकलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

लागुपदार्थ दुर्व्यसन कुनै व्यक्ति, गाउँ, टोलको समस्या नभइ राष्ट्रकै समस्या भएको र यसको नियन्त्रण र नियमनमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बालबालिकामा कुनै पनि किसिमको कुलत हुनु अगाडि नै त्यसको असरबारे जानकारी होस् भन्ने हाम्रो प्रयास हो।’ यस्ता कार्यक्रम प्रहरीले विद्यालय र समुदाय स्तरमा संचालन गर्दै आएको छ । सामाजिक विकास कार्यालयले यो कार्यक्रमकाे आयोजना गरेकोमा धन्यवाद छ । लागुपदार्थ दुर्व्यसनमा कसरी फसिन्छ र त्यसको उपचारका रुपमा मनोपरामर्श, आफ्नै मनोबल र परिवारको साथ आवश्यक रहन्छ ।’

कार्यक्रममा बाेल्ने विभिन्न सराेकारवाला निकायका व्यक्तिले लागू औंषध अहिलेको जटिल समस्या भएको भन्दै यसको राेक्थाम र नियन्त्रणमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग प्रतिबद्धता व्यक्त गरेका थिए ।

सामाजिक विकास कार्यलयका प्रमुख रछाने लाेहारकाे अध्यक्षतामा भएको कार्यक्रममा खाँडाचक्र नगरपालिका ५ का वडा अध्यक्ष देउराम विश्वकर्मा, सेसेक नेपालका सेव हाउस संरक्षक तथा अधिवक्ता सरिता विश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डे, गैरसरकारी संस्था महासंघका कालिकोट सचिव रमेश नेपाली, चुलिमालिका माध्यमिक विद्यालयका प्रअ दिपबहादुर शाही, लगायत विद्यार्थी अभिभावककाे सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण साहित्यकार तथा सामाजिक अभियान्ता दुर्गाप्रसाद काफ्ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस