कालिकोटमा दार्चुला घटनाको बिरोधमा बिरोध सभा

१९ साउन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जयसिंद्ध धामीको घटनका विरुद्ध जिल्लाका सबै स्थानिय तहहरुमा सोमवार बिरोध सभा गरेको छ ।
सदरमुकाम मान्ममा सयुक्त जनबर्गिय संगठनको आयोजनामा बिरोध सभा गरिएको छ ।
सबै स्थानिय तहमा नेकपाका नगरकमिटी र गाउकमिटीको आयोजनामा विरोधसभा गरिएको नेकपा कालिकोटले जनाएको छ ।
नरहरीनाथ गाउँपालिकाको कुमालगाउ, शान्नीत्रिबेणी गाउँपालिकाको मेहेलमुडी, राष्कोट नगरपालिकाको आर सिपी बजार, पचालझरनाको खार्दु, पलाताको धौलागोह शुभकालिकाको ठाटीलगायतका ठाउहरुमा विरोध सभाहरु गरिएका छन ।
मान्म बजारमा गरिएको बिरोध सभालाई दलित मुक्ती मोर्चाका केन्द्रीय सचिवालय सदस्य पदम बि क ले संवोधन गर्दै दलाल संसदीय व्यवस्थाको खराव नीतिका कारण दार्चला घटना घटेको ठोकुवा गर्नु भयो । उहाँले सबै दार्चुलाको घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा कार्बाही गर्न माग गर्नु भयो ।

यही श्रावण १५ गते दार्चुला जिल्लाको ब्यास गाउपालीकामा तुईन तर्दा भारतिय सिमा सुरक्षा बल एसएसविले तुइन काट्दा जयसिंह धामी महाकाली नदीमा बेपत्ता हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस