नेकपाले नयाँ कम्युनिष्ट केन्द्र,क्रान्तिकारी नीति र नेतृत्वको प्रस्ताव गर्दै

१८ भाद्र, कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट ध्रुवीकरणका लागि नयाँ कम्युनिष्ट केन्द्र बनाउने देखि क्रान्तिकारी नीति र नेतृत्वको प्रस्ताव केन्द्रीय समिति बैठकमा लिन लागेको छ ।
नेकपाको कपिलवस्तुमा सोमवारदेखि ३ दिन बसेको स्थायी समिति बैठकले आउने भाद्र २२ गतेदेखि बस्न लागेको केन्द्रीय समिति बैठकमा यो प्रस्ताव लिन लागेको हो ।
स्थायी समिति बैठकले माओवादी केन्द्रसंगै कम्युनिष्ट वामपन्थीहरुसंगको एकताको लागि नयाँ कम्युनिष्ट केन्द्र बनाउनेदेखि क्रान्तिकारी नीति र नेतृत्वको प्रस्ताव अघि सारेको स्थायी समिति सदस्य भरत सीले जानकारी दिनु भयो ।
नेकपाको स्थायी समिति बैठकले केन्द्रीय समितिको बैठकका लागि यो प्रस्तावलाई मुख्य एजेण्डा बनाउने छ ।
नेकपाले यो संगै बैठकमा संगठन सुदृढ र विस्तार,उत्पादन र व्यवस्थापन पार्टी दर्ता र चुनाव उपयोगका विषयमा पनि आगामी केन्द्रीय समितिको बैठकको एजेण्डा बनाएको छ ।
स्थायी समितिले तयार गरेका एजेण्डाहरु विहिवारदेखि बस्ने पोलिट व्युरोको बैठकमा समेत पेश गरिने नेकपाले जनाएको छ ।
नेकपाको पोलिट व्युरो वैठकबाट समेत पारित भएका एजेण्डाहरु अन्तीममा केन्द्रीय समितिको पूर्ण बैठकमा पेश हुनेछन ।
केन्द्रीय समितिको वैठकले ती एजेण्डाहरु पारित गरेमा नेकपाको एकताको लागि नयाँ धारको आरम्भ हुनेछ ।
स्थायी समिति बैठकले माओवादी केन्द्रले नेकपासंग एकता गर्नेवारे गरेको निर्णयको स्वागत समेत गरेको छ ।
नेकपाको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु भाद्र ३० गतेका लागि बोलाएको केन्द्रीय प्रतिनिधि समितिको बैठकबाट समेत पारित गरिने छ ।
नेपालमा समाजवादी क्रान्तिको पूर्णताका लागि दलाल संसदीय व्यवस्था र साम्राज्यवाद विरोधी सबै शक्तिहरुसंग सहकार्य गर्ने गरी फाराकिलो मोर्चा बनाउने पनि नेकपाको तयारी छ ।
समाजवादी मोर्चालाई फराकिलो बनाउने र नयाँ कम्युनिष्ट केन्द्र बनाउने तर्फ उन्मुख गर्ने उद्देश्य नेकपाले राखेको छ ।
नेकपाले पुराना कम्युनिष्ट नेताहरुलाई सम्मानपूर्वक राख्दै नयाँ पुस्ताले अबको समाजवादी क्रान्तिको नेतृत्व गर्ने गरी लाग्ने प्रस्ताव गरेको छ ।
नेकपाले माओवादीहरु सत्ता र शक्तिको पहुचमा पुग्दा पनि जनताले चाहे जस्तो काम गर्न नसेका कारण जनतामा असन्तुष्टि बढेको निश्कर्ष निकाल्दै माओवादी भित्रको मुख्य नेतृत्वबाट समाजवादी क्रान्ति पुरा हुन नसकिने निश्कर्षमा छ ।
नेकपाका महासचिव विप्लव सीले समेत बेला बेला नेपालको नेतृत्व गर्ने चाहाना भएको बताउदै आउनुले पनि अबको कम्युनिष्ट केन्द्रको नेतृत्व स्वयम आफै गर्ने गरी कम्युनिष्ट एकताका लागि अगाडि बढन खोजेको अनुमान गरिएको छ । नेकपाले त्यही उचाईबाट केन्द्रीय समितिको बैठक मार्फत निर्णय गर्न खोजिएको नेकपाको आन्तरिक श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस