सल्यानमा बस दुर्घटना, १५जना घाईते

१८ भाद्र , सल्यान । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन ।  दाङबाट रूकुमका लागि हिडेको रा १ ख १७९२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ३ सोलाबाङमा शुक्रबार दुर्घटना भएको हो ।

दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका–५ की २३ वर्षीया रेखा साहु, ३१ वर्षीया सीता बुढाथोकी, ४५ वर्षीय धनबहादुर रोका, २१ वर्षीया यामकुमारी बोहरा, तिला महतारा घाइते भएका छन् ।

त्यस्तै दार्मा गाउँपालिका–६ का २० वर्षीय प्रवेश बस्नेत, शारदा नगरपालिका–१५ का ४९ वर्षीय ताराप्रसाद नाथ, शारदा नगरपालिका–१ का ४० वर्षीय कृष्ण गौतम घाईते भएका छन् । यस्तै कुमाख गाउँपालिका बस्ने ७३ वर्षीय हिरे राना, बागचौर नगरपालिका–२ का ४५ वर्षीय लालबहादुर डाँगी रहेका छन् ।

दाङ दङ्गीशरण गाउँपालिकाकी २५ वर्षीया निर्मला शर्मा, तुलसीपुर उपमहानगरपालिका ३ बस्ने २८ वर्षीय विनोद बुढाथोकी, रुकुम पश्चिम मुसीकोट नगरपालिका–४ का ७५ वर्षीय मोहनसिंह पुन, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–२ का २१ वर्षीय जोकबहादुर खड्का र सोही ठाउँका २२ वर्षीय किरण ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते सबैलाई दाङ तुलसीपुरमा पठाइएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । चालक सल्यान छत्रेश्वरी गाउँपालिका–३ दारिमज्युलाका ४० वर्षीय ठाकुरसिंह विक फरार रहेको प्रहरीले जनाएको छ ।

बस अनियन्त्रित भई सडकको माथिल्लो भागको भित्तामा पल्टिन जाँदा उक्त बसमा सवार २८ जना मध्ये १५ जना घाइते बनेको सल्यान प्रहरीले जानकारी दिएको छ । लेकाली अनलाईनवाट

प्रतिक्रिया दिनुहोस