दशैंको राति कोहलपुरको एक घरबाट ५ लाखको चोरी

१७ असोज, कोहलपुर । दशैको बेला बाँकेमा चोरीको विगविगी बढेको छ । दशैको टिकाको राति कोहलपुरको दसविगाह दक्षिणतिर रहेको ज्ञानेन्द्र बहादुर शाहीको घरबाट करिव ५ लाखको चोरी भएको हो ।
राति घरमा कोही नभएको मौका छोपी चोरहरुले अर्कोघरको सिढी प्रयोग गरी छतबाट घरमा घुसेर चोरी गरेको भाडामा वस्ने कर्म वहादुर शाहीले जानकारी दिनु भयो ।
कर्मवहादुर शाही घरभेटी ज्ञानेन्द्रका नाता पर्ने भाई हुनुहुन्छ । उहाँहरु भाई– भाईका छोराहरु हुनुहुन्छ । घरभेटी ज्ञानेन्द्र बहादुर शाही डोल्पा जिल्लाको मुठकीचोला गाँउपालिकाका स्थायी वासिन्दा हुनुहुन्छ । उहाँ डोल्पा नै बस्ने गर्नु हुन्छ ।
घरको रेखेदेख गर्ने जिम्मेवारी सहित कर्मवहादुर शाहीको आमा र विरामी भाई जगत बहादुर शाही घरमा वस्ने गरिरहनु भएको थियो ।
दशैको टिकाको दिन उहाँहरु सबैजना बर्दियाको बाँसगढी नजिकै रहेको नातेदारको घरमा टिका लगाउन भनि गएको बेला घरमा चोरी भएको छिमेकीहरुले बताएका छन ।
कर्मवहादुरका अनुसार आफ्नो ५० हजार नगद भाईको उपचारको लागि राखिएको चोरी भएको छ । यस्तै घरभेटीको दराजमा राखिएको २ तोला सुन पनि चारी भएको छ । घर भाडामा वस्ने कालिकोट खाडाँचक्र नपा ४ का हस्त विकको कोठामा राखिएको भुर्कीको २५ हजार पनि चोरी भएको छ ।
‘दशैको समयमा घर भेट्न कालिकोट पुगेको छु, कोठामा चोरी भएको खवर पाए, मेरो कोठामा भुर्कीमा करिव २५ हजार नगद थियो । कोठाको ताला फोडेर चोरी भएछ, मलाई फोनमा जानकारी प्राप्त भयो’ हस्तले ज्वाला खवरलाई भन्नु भयो ।
घरमा विरामी छोराको हेरचाह गरिरहेकी ७० बर्षिय मनमाया शाहीले आफ्नो कान्छो छोरा जगत बहादुर शाहीको उपचारमा राखिएको पैसा चोरी भएकोमा दुखेसो पोख्नु भयो । उहाँको छोरा विगत ६ बर्ष देखि प्यारालाईसिसको विरामी हुनुहुन्छ । उठन र हिडडुल गर्न सक्नु हुन्न । ६ बर्षदेखि विस्तरामै पल्टिनु भएको छ ।

मनमायाले अब छोराको उपचार कसरी गरौ ? भन्दै भावविहल हुनु भयो । उहाँले ज्वाला खवरलाई भन्नु भयो ‘घरको छतबाट चोरहरु आएछन, छतको ढोका फोडेछन, त्यसपछि तल घरको छतबाट आउदा विचभागमा लगाएको च्यानल गेटको ताला फोडेछन, अनि अरु १० बटा कोठाको ताला फोडेर चोरी गरेछन । यस्तो होला भनि थाहा पाएको भए वर्दिया जाने थिएनौ, मेरो छोराको उपचारका लागि राखिएको ५० हजार नगर चोरी भयो । अब कसरी उपचार गरौं ? जसरी पनि चोरहरु पत्ता लगाईदिनु पर्यो वाबु ।’
मनमायाको विरामी कान्छा छोरा जगत, जेठा छोरा कर्म शाही सहित सबै जना शुक्रवार मात्र बर्दियाबाट कोहलपुर पुग्नु भएको थियो ।
घरको मुलगेटको ताला खोलेर भित्र वस्ने वित्तिकै घर तहस नहस भएको देख्दा उहाँहरु झस्याङ्ग हुनु भयो । किनकी घरमा चोरी भयो कि त भनेर ! हतार –हतार भित्र पस्दा सामान लथालिङ भएको मनमायाले देख्नु भयो । दराज फोडेको लुगा यत्रतत्र फालेको देख्दा उहाँ निकै भावुक हुनु भयो । त्यसैमा आफूले राखेको पैसा नभेटाउदा पैसा चोरी भएको उहाँलाई लाग्यो । उहाँले आफ्नो पैसा चोरी गर्ने चोरहरुलाई जसरी पनि पक्राउ गरी कार्वाही गरिदिन माग गर्नु भयो ।
उहाँका छोरा कर्मले इलाका प्रहरी कार्यालय कोहलपुरलाई जानकारी गराउनु भएको छ । शुक्रवार चोरी भएको घरमा प्रहरी पुगेर फोटो खिचेर लिएपनि चोरहरुको खास्सै खोजि हुन नसकेको कर्मले गुनासो गर्नु भयो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी चक्र डम्बर पालले आफु काम विशेषले नेपालगंज रहेको र चोरहरुको खोजिभईरहेको ज्वाला खवरलाई जानकारी दिनु भयो ।

चोरीपछि कोठाको अवस्था

प्रतिक्रिया दिनुहोस