दशैकाे पुर्वसंध्यामा बजार अनुगनम, १ लाख बढीको म्याद नाघेका सामान नष्ट

असाेज १६, कालीकोट । दशैकाे पुर्व संध्यामा सदमुकाम मान्म बजारमा म्याद नागेको, अखाद्य बस्तु बजारमा बिक्रि वितरण गर्ने पसलबाट १ लाखभन्दा बढीको सामान बरामद गरि जिल्ला प्रशासन कार्यालय कालिकाेटले नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका साहयक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीको नेतृत्वमा गएको अनुगनम टोलीले अखाद्य बस्तु विक्री गर्नका लागि राखी रहेको अबस्थमा भेटाएको हो । बजार अनुगमनमा म्याद नाघेका पेय पदार्थ र दैनिक उपभोग्य सामाग्री बरामद गरिएको र करीब १ लाख भन्दा बढिको सामान बरामद गरिएको साहयक प्रमुख जिल्ला अधिकारी नेपालीले बताउनु भयाे ।

मंगलबार र बुधवार बजार अनुगमन गरिएको हो । जिल्ला प्रहरी कार्यलय, खाडाचक्र नगरपालिका, जिल्ला प्रशासन कार्यलय र संचारकर्मिको रोहबरमा मुचुल्का उठाई नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी नेपालीले जानकारी दिनु भयाे ।

अनुगमनका क्रममा मान्म बजारमा विभिन्न ४५ वटा पसलबाट २१ वटा आईटम सामानहरु म्याद नाघेका सामानहरु जफत गरेको छ । जसमा भुजा, कोक, फेन्टा विस्कुट, मिक्स मसाला, मरिज लगायतका समान बरामद गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोट जनाएको छ ।

कालीकोटमा अखाद्य र म्याद नाघेको समानहरु विक्री हुनुको कारण नेपालगन्ज र सुर्खेतमा खरीद गरि महिनौ दिन वितेपछि ढुवान हुने भएकोले पनि अखाद्य बस्तु बढि भएको हुन सक्ने आशंका गरिएकोछ ।

यहाँका व्यापारीले विक्रि हुने भन्दा पनि विक्री नहुने छिटो म्याद सकिने सामाग्री बढी ल्याउने भएकाले पनि उनीहरुले ल्याएको सामानको म्याद सकिएको हुन सक्ने अनुमान गरिएको छ । बरामद गरिएको सामाग्रि मध्ये अधिकाँश पसलबाट भुजा जफत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस