महरा प्रकरण: रोशनीका पति-पत्नीद्वारा अलग हुने निर्णय

असोज १६, काठमाडौं । सभामुख कृ’ष्ण बहादुर मह’राले आफूलाई यौ’न दु’र्व्यवहार गरेको भनेर चर्चामा आएकी रो’शनी शाही र उहाँका श्रीमानबीच डिभोर्स हुने भएको छ ।

 

 

शाही र उहाँका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय गरेको बताएका छन् ।

‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ ।

अहिले अलग हुने निणर्य भएको भएपनि कानुनी प्रक्रिया भने सुरु भइसकेको छैन। रोशनी शाहीले आफूमाथि मह’राले ब’लात्कार गरेको भन्दै मिडियामार्फत सार्वजनिक गर्नु भएकाे थियाे । तर, फेरि आफ्नै आरोपको खण्डन हुने गरी महरा आफ्नो बाबुसमानको व्यक्रि भएको भन्दै कुनै ब’लात्कार नभएको दाबी गर्गनु भएकाे थियाे ।

रोशनी बुधबारमात्रै आफूमाथि कुनै दु’र्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन समेत दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराउनु भएकाे हाे ।

आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गर्नु भएकाे छ । उहाँले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गर्गनु भएकाे छ ।

संसद सचिवालयमा कार्यरत उहाँको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उहाँको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।

यस्तो छ सहमति पत्र 

प्रतिक्रिया दिनुहोस