कालीकोटमा विप्लव नेतृत्वको नेकपाका ५ चमत्कारी योजना सुरु हुदै

 

१७ कार्तिक,कालीकोट । विप्लव नेतृत्वको नेकपाले जनयुद्धको आधारभूमी कालीकोटको माल्कोटमा ५ वटा चमत्कारी तथा महत्वाकाँक्षी योजना सुरु गर्न थालेको छ ।

पछिल्लो एकीकृत जनक्रान्तिको वेला पनि चुनाव वहिष्कारमा प्रतिरोध गर्दा वलिदान गरेको माल्कोटमा मोडेल वस्ती वनाउन पाँच चमत्कारी तथा महत्वाकाँक्षी योजना नेकपाले सुरु गर्न थालेको हो ।

नेकपाले स्वास्थ्य, शिक्षा,सडक निमार्ण, कृषि तथा पार्टी कार्यालय र कार्यक्रमहल निमार्णका ५ वटा योजना कार्यन्वयन गर्न काठमाडौवाट प्राविधिक टोली वोलाएर मंगलवारवाट सर्वे डिजाइनको सुरुवात गरेको छ । सर्वे डिजानाईनमा नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड) समेतको सहभागिता छ ।

प्रवक्ता प्रकाण्डले जनयुद्ध र एकीकृत जनक्रान्तिको आधारभूमी माल्कोट भएकाले यहाँको वस्तीलाई मोडेल र समाजवादीकरण गर्न पार्टीले यस्तो योजना ल्याएको वताउनु भएको छ ।

उहाँले सुरुवात माल्कोटवाट भएपनि हरेक नेपालका वस्ती –वस्तीहरु शिक्षा,स्वास्थ्य,कृषि,सडक निमार्ण, लगायतका विकासका पूर्वाधारवाट वञ्चित हुन नपर्ने समाजवादी व्यवस्था ल्याउन नेकपाले चाहेको प्रतिक्रिया दिनु भएको छ ।

आखिर नेकपाका चमत्कारी तथा महत्वाकाँक्षी ५ वटा योजना के के रहेछन ? हेनुहोस ।

१ अस्पताल निमार्ण ः नेकपाले माल्कोटमा एउटा सुविधा सम्पन्न अस्पतालको महत्वकाँक्षी योजना वनाएको छ । लालु देखि कोटवाडा सम्मको भू–भागमा सुविधा सम्पन्न कुनै अस्पताल छैन । गाहे पर्दा जिल्ला अस्पताल पुग्नु पर्ने त्यसक्षेत्रका जनताको वाध्यता छ । विरामी हुदा समयमै स्वास्थ्य उपचार नपाएर धेरैले ज्यान गुमाउनु परेको छ । त्यसकारण नेकपाले अकालमा त्यसक्षेत्रका जनताले उपचार नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्न एउटा सूविधा सम्पन्न अस्पतालको परिकल्पना गरेको हो । अस्पतालको मंगलवार काठमाडौवाट वोलाइएको प्राविधिक टोलीका दुई जना आर्केटेक्चर रोहन श्रेष्ठ र सिभिल इन्जिनियर योगराज पन्थीले विस्तृत डिपिआरका लागि सर्वे डिजाइन गर्नु भएको छ ।

२ सेरापाटा स्कुलको भवन निमार्ण ः नेकपाले माल्कोटको सेरापाटा स्कुलको भवन नयाँ र आधूनिक मोडेलवाट वनाउने योजना वनाएको छ । भवनको नेकपाका प्रवक्ता सहितको प्राविधि टोलीले सर्वे डिजाइन गरेको छ । जनयुद्धकालमा पनि नेकपाले सो स्कुलको भवन वनाएको थियो । तर राज्यका सुरक्षाकर्मीहरुले विद्यालय समेत माओवादीले वनाएको भनेर भत्काउन सम्म भ्याएका थिए । फेरी पनि नेकपाले सो विद्यालयलाई आधूनिक वनाउन र नमूना विद्यालय वनाउन चाहेको छ । विद्यालयको पढाईको स्तर पनि वढाउने र भवन,शैक्षिक साम्रगी लगायतको कुरामा अभाव हुन नदिने पार्टीको योजना छ ।

३ लालुलैफु सडक निमार्ण ः नेकपाले लालु देखि लैफु सम्म सडक जोड्ने योजना वनाएको छ । सडकको प्रतिवन्धका वेला समेत काम थालनी गरेको नेकपाले पुन सुचारु गरेको छ । प्रतिवन्धका वेला राज्यले काम गर्न रोक लगाएको थियो । विकास निमार्णका काममा नेकपा लागेर लोकप्रिय वन्छ भन्ने डरले राज्यमा भएका पार्टीहरुले काम रोकेका थिए । अहिले सो सड्कको काम अगाडि वढाउन हिल्सा सिमिकोट सडक योजनाका प्रमुख विशुन्दास लामा सहितको सडक विभागको टोलीलाई लिएर नेकपाले मंगलवारवाट खुलालु देखि रुप्सा सम्मको सडक वाँकी रहेको निरिक्षण र सर्वे डिजाईन सुरु गरेको छ । यो ग्रामीण सड्कले जनतालाई आवत जावतमा निकै सुविधा दिनेछ ।

४ माटो अनुसार उन्नत खेतिका लागि माटो परिक्षण ः नेकपाले माल्कोटलाई कृषिमा पनि नमुना गाउँ वनाउन चाहेको छ । जसका लागि माल्कोटको सवै क्षेत्रको माटो परिक्षण गरि माटो अनुसारको वाली लगाउने र उन्नत तथा आधूनिकरण खेति प्रविधिको सुरुवात गर्ने योजना छ । नेकपाले यसका लागि साविकको माल्कोटका सवै वडाको माटोको नमुना संकलन गरेको छ । नेकपाले नमुनाहरु काठमाडौ पठाई परिक्षण पछि कुन माटोमा कुन वाली लगाउने र कसरी लगाउने भन्ने वारे जनतालाई भन्ने छ ।

५ पार्टी कार्यालय र कार्यक्रमहल निमार्ण ः नेकपाले माल्कोटमा सुविधा सम्पन्न आधूनिक पार्टी कार्यालय र कार्यक्रम हल वनाउन लागेको छ । उसले पार्टी कार्यालयमा जिल्लाका सवै सहिदहरुको फोटो राख्ने र विशेष घटनाहरुका अभिलेखहरु राख्ने वताएको छ । माल्कोटवाट मात्रै जनयुद्धकालमा ३४ जनाको उच्च साहदत्त भएको छ ।

यस्तै जिल्लावाटै जनयुद्ध र एकीकृत जनक्रान्तिमा १२ जना वेपत्ता सहित ४५० जनाको वलिदान भएको छ । सवै सहिद र वेपत्ताहरुको रेकर्ड कार्यालयमा राख्ने गरि आधुनिक भवन वनाउने नेकपाको योजना छ । यस्तै आधूनिक कार्यक्रम हल पनि वनाउने छ । यसका लागि पार्टी प्रवक्ता सहित सहभागी भएर मंगलवार काठमाडौं वाट आएको प्राविधि टोलीले सर्वे डिजाइर्न गरेको छ । कार्यक्रम हल भने यसअघि पनि वनाईको थियो । अधूरो हललाई आधूनिक र व्यवस्थित गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस