१७ कार्तिक,कालीकोट । लामो समय पछि आफ्नै घर पुग्नु भएका नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड) लाई ७८ वर्षिय वुवा पहले विश्वकर्माले आफ्नै हातवाट टिका लगाउनु भएको छ । वुवाले टिका लगाउदै सधैं वाँचिरहनु र जनताको पक्षमा काम गरिरहनु भन्दै आर्शिवाद समेत दिनु भएको छ ।
नेता प्रकाण्डले वुवाको पाउँमा ढोग तथा सम्मान गर्दै वुवाको आर्शिवादलाई ग्रहण गर्नु भएको छ ।
पार्टीको प्रशिक्षणमा माल्कोट पुग्नु भएका नेता प्रकाण्ड वुवा भेट्न नेता एटम सहित अरु कार्यकर्ता लिएर घर जानु भएको थियो । घर पुग्दा वहिनी ज्वाई र वुवाले सवैलाई स्वागत तथा सम्मान व्यक्त गरेका छन ।
घरभेट्न पुगेका नेता प्रकाण्ड,एटम लागायतका कार्यकर्ताहरुलाई रातो चामलको भात, दहि समेतको मिठो भोजन खुवाईएको छ ।
आँखा राम्रो संग नदेख्ने र कान समेत नसुन्ने भइसक्नु भएका वृद्ध वुवाको कान्छी वहिनी र ज्वाईले स्यार गरिरहनु भएको छ । घर परिवारका सवै सदस्यहरु क्रान्तिमा लाग्दा २ भाई र १ वहिनीको निधन भइसकेको छ ।
जनयुद्धका वेला समेत नेता प्रकाण्ड वुवाको अगाडि राम्रो संग वस्न पाउनु भएन । यस्तै एकीकृत जनक्रान्तिका वेला समेत प्रतिवन्धमा पर्दा वुवालाई भेट्न पाउनु भएन ।
नेकपा माथि प्रतिवन्ध नलाग्दै ४९ दिन सम्म सरकारले नेता प्रकाण्डलाई हिरासतमा समेत राख्यो । यो खवर पनि सुनेर वुवा केही समय निरास पनि हुनु भयो । विभिन्न कठिनाईहरुलाई झेल्दै छोरा घर पुग्दा आफु हर्षित भएको वुवाको भनाई छ ।
उहाँले छोराको जनयुद्धको सपना अझै पुरा नभएकाले दुख गर्नु परेको वताउनु भयो ।