१७ कार्तिक,कालीकोट । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनयुद्धमा योगदान गरेका र प्यारालाइसिस रोगले थलिएका एक जना स्थानीयको उपचार पार्टीले गर्ने वताउनु भएको छ ।
माल्कोटको विथोलडाँडा घटनामा सहभागी ५५ वर्षिय जंगे विकको दाँया भागमा प्यारालाईसिस भएको छ ।
विरामी विकलाई घरमै पुगेर भेट्दै प्रवक्ता प्रकाण्डले उपचारमा चिन्ता नलिन आग्रह गर्नु भयो । विकको एक महिना अघि देखि शरीरको दायाँभाग चलेको छैन ।
उहाँलाई स्थानीय स्वास्थ्यकर्मीहरुले प्यारालाईसिस भएको र उपचारमा नेपालगंज काठमाडौ जानु पर्ने वताएका थिए ।
विरामी विक आर्थिक अभाव हुदा उपचार गर्न नसकेर घरमै वस्नु भएको थियो ।
नेकपाका नेता प्रकाण्डले उहाँलाई उपचार खर्चको चिन्ता नलिन र तिहार लगत्तै पार्टीले पठाएको ठाउँमा उपचार गर्न जान सल्लाह दिनु भयो ।
विरामी विकले प्रवक्ता प्रकाण्डलाई त्यसो भनेकोमा विशेष धन्यवाद दिर्दै पार्टीले आफ्नो उपचारको वारे सोचेकोमा हर्षित भएको वताउनु भयो ।