जनपत्रकार संगठन कास्कीद्वारा पत्रकार साउद गिरफ्तारीको निन्दा, तत्काल रिहाइको माग

मंसिर १७ पोखरा । जनपत्रकार संगठन नेपाल कास्कीका जिल्ला सदस्य तथा इ-झझल्को डट कमका सह-सम्पादक पत्रकार राजन साउदलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

साउद पक्राउ प्रति जनपत्रकार संगठन कास्कीले आपत्ति जनाएको छ। मंगलबार अदालतको सम्मान गर्दै तारिख लिन जिल्ला अदालत पोखरामा गएका बेला बैदाम प्रहरीले पत्रकार साउदलाई पक्राउ गरेको हाे ।

प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै जनपत्रकार संगठन कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका कास्की संयोजक रमाकान्त बाँस्तोलाले विज्ञप्ति निकाल्दै भन्नु भएकाे छ, पत्रकार साउदलाई बिना कारण पटक पटक गरिएको गिरफ्तारिको घोर निन्दा गर्दै उहाँको बिना सर्त रिहाईको माग गर्दछौं ।’

विज्ञप्तिमा यसरी पत्रकारहरुमाथी प्रशासनको अनावश्यक धरपकड र गिरफ्तारीले संबिधानले दिएको मौलिक हकमाथी सरकारनै एकपछि अर्को विभिन्न बहानामा कुण्ठित गरेको पुष्टि भएको छ भने न्युनतम मानवअधिकार तथा प्रेस स्वतन्त्रताको राज्य द्वारा खिल्ली उडाएको पुष्टि समेत भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस