विप्लब पुत्रले सिता दाहाललाई भेटेपछि नयाँ राजनीतिक तरंग

२० पौष काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई प्रतिबन्धित नेकपा विप्लव पुत्र प्रकाश चन्दले भेट गर्नु भएको छ । सिता दाहाल बिरामी भएपछि उपचारका लागि भारत जानु अघि चन्दले भेट गर्नु भएको हो ।
विप्लब पुत्र प्रकाश चन्द १६ वर्षपछि प्रचण्ड परिवारसंग भेट्न जानु भएको छ । सीता दाहाललाई भेट्न प्रकाश सोमवार बिहान करीब ९ बजे खुमलटार पुग्नु भएको थियो । प्रकाशले सीता दाहाललाई आमा भनेरै सम्बोधन गर्नु भएको थियो । भेटका क्रममा प्रकाशले सीता दाहाललाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यसम्बन्धी केही सुझावहरू पनि दिएको खुमलटार स्रोतलाई उदृत गर्दै विभिन्न समाचारहरु प्रकाशित भएका छन् ।
चितवन मेडिकल कलेजमा मेडिकल विद्यार्थीहरूको चर्चित आन्दोलनको नेतृत्व गरेदेखि नै प्रकाश सबैको प्रिय बन्नु भएको छ ।
नेत्रविक्रम चन्दले १० वर्षे जनयुद्ध प्रचण्डकै नेतृत्वमा लड्नु भएको थियो । शान्ति प्रक्रियामा आएपछि पार्टी विभाजन हुँदा मोहन वैद्य किरणतर्फ लाग्नु भएका चन्दले हाल आफ्नै नेतृत्वमा नेकपा गठन गरि राजनीति गर्दै आउनु भएको छ ।
प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित दाहाललाई सोमबार उपचारकालागी भारतको मुम्बईमा लगिएको छ ।
प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनाको सन्देश पठाउनु भएको छ । विप्लवले आफ्ना छोरा डाक्टर प्रकाशलाई स्वास्थ्य लाभको सन्देशसहित प्रचण्डनिवास खुमलटार भेट्न पठाएको वुझिएको छ ।
उहाँको भेटलाई लिएर सामाजिक संजालमा बिशेष महत्व दिएको छ । उक्त भेटलाई कतिपयले बर्गीय भावनाको रुपमा अर्थ्याएका छन् भने कतिपयले राजनीतिक अर्थको रुपमा टिप्पणी गरेका छन् । यसरी राजनीतिक दृष्टिकोणले बुझ्नेहरू प्रचण्ड र विप्लवको पुनः मिलनको रुपमा अर्थ्याएका छन् ।
त्यसैगरी प्रधानमन्त्री ओलीद्वारा संसद विगठन पछी सडक संघर्षमा पुग्नु भएका प्रचण्डलाई विभिन्न देशी तथा बिदेशी शक्तिकेन्द्रहरुसंग चलखेलमा लागेको टिप्पणी समेत गर्न थालिएको छ । सामाजिक संजालमा भैरहेका तर्कहरुलाई आधार मान्य हो भने पत्नी सिता दाहालको उपचारलाई भारतीय राजनीतिक समन्वका लागि कुटनीतिक माध्यामको रुपमा अर्थ लगाउने गरिएको छ ।

राजनीति भित्रको कुटनीतिलाई प्रयोग गर्न माहिर प्रचण्डको अबको राजनीतिक खेल कसरि चल्छ त्यो भने भबिस्यले मात्रै बताउने छ ।

प्रतिक्रिया दिनुहोस