कैलालीमा गैंडाको खागसहित एक जना पक्राउ


२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो ।
स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।
उहाले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी उपाध्यायले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस