नेकपाका प्रवक्ता प्रकाण्डलाई दैलेखमा भव्य स्वागत

२० पुस दैलेख । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक वहादुर विश्वकर्मा (प्रकाण्ड) लाई नेकपा दैलेखले भव्य स्वागत गरेको छ ।

आज विहान पार्टी प्रशिक्षणका लागि दैलेख पुग्नु भएका प्रवक्ता प्रकाण्डलाई जिल्ला स्थित नेकपाका पार्टी कार्यकता, प्रभात स्मृति जनसाँकृतिक कलाकार टिम र जनताले फुलमाला अविर लगाएर भव्य स्वागत गरेका हुन ।

स्वागत कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सुर्खेत दैलेख जिल्ला इन्चार्ज एटम, दैलेख जिल्ला सेक्रेटरी दिपेन्द्र लगायत नेता कार्यकर्ता, प्रभात स्मृति जनसाँकृतिक कलाकार टिम र बजार बाँसिकाे सहभागीता रहेको थियो ।

दैलेख वसाईका क्रममा विभिन्न राजनैतिक भेटघाटका साथै आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा प्रवक्ता सहभागी हुनु हुने छ ।

पार्टी प्रशिक्षणका लागि पुस १३ गते सुर्खेत पुग्नुभएका पार्टी प्रवक्ता प्रकाण्डले सुर्खेत बसाइँका क्रममा विभिन्न राजनैतिक भेटघाटका साथै आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रम र बैठकमा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस