नेकपा दैलेखको राजनीतिक प्रशिक्षण शुरू

२० पुस, दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दैलेखको कार्यकर्ता प्रशिक्षण कार्यक्रम आजबाट दैलेख जिल्लाको सदरमुकाममा शुरू भएको छ ।

राजनीतिक प्रशिक्षण कार्यक्रममा नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले प्रशिक्षण दिनुहुने छ । प्रशिक्षण कार्यक्रममा तत्काल स्थानीय तहको चुनाव नभएर व्यवस्था परिवर्तनको चुनावका लागि जनमतसंग्रहको चुनाव वारे पार्टीको धारणा प्रष्ट पार्नुहुने छ ।

जनता सम्म वैज्ञानिक समाजवाद र जनमतसंग्रहका वारे जनचेताना फैलाउने र जनता सम्म पार्टीलाई पुर्‍याउने वारे पनि प्रवक्ताले प्रशिक्षित गर्ने बताइएको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डले पार्टी केन्द्रको निणर्यको स्पिडलाई कार्यन्वयमा लैजान जोड दिदै आवश्यक प्रशिक्षण सहित निर्देशन दिनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस