२० पुस,बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेको विरोधका बीच दुई कार्यकर्तालाई अस्पतालको शैयावाटै बाँके प्रहरीले पक्राउ गरेको छ । मंगलवार नेपालगंजको नर्सिह होम मेडिकल कलेजको उपचार कक्षवाट उनीहरुलाई पक्राउ गरिएको हो ।
नेकपाको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीका बाँके जिल्ला अध्यक्ष डिल्ली क्षेत्री र नेकपाका जिल्ला सदस्य धर्मराज सुनारलाई प्रहरीले अस्पतालको उपचार कक्षवाटै पक्राउ गरेको नेकपा बाँकेले जनाएको छ ।
नेकपाका दुवै जना कार्यकर्ता दलालसत्ताले मंसिर ४ मा आयोजना गरेको संसदीय चुनावको खारेजी अभियान अन्तरगत पार्टी काममा लागेका थिए ।
सोही क्रममा विद्यार्थी अध्यक्ष डिल्ली क्षेत्रीको नेपालगंजको भृकुटीनगर स्थित कोठामा खाना पकाउने क्रममा प्रेसर कुकर विष्फोट हुदा कार्तिक ३० गते वुधवार राती साढे ८ वजेतिर दुवै जना घाईते भएको नेकपाले दावी गरेको छ ।
उता प्रहरीले भने चुनाव खारेजी अभियानमा तर्साउने हिसावले विष्फोट गराउने बम वनाउने क्रममा विष्फोट हुदा उनीहरु दुवै जना घाईते भएको र नियन्त्रणमा लिएको वताएको छ ।
प्रहरीले बम विष्फोटको मुद्धा चलाउने तयारी गरेको वुझिएको छ । नेकपाले भने सरकारले तीन बुँदे सहमति गरी नेकपाका सवै नेता कार्यकर्ता जेलवाट छोड्ने सहमति गरेको वेला सामान्य कुरामा मुद्धा वनाएर जेल हाल्न खोज्नु सहमति उल्लंघन गरेको मानिने वताएको छ । नेकपाले मुद्धा नचलाउन र राजनैतिक सहमतिको आधारले रिहा गर्न माग गरेको छ ।
घाईते दुवै जनाको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहको थियो । अस्पताल श्रोतका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सुधार हुन अझै केही दिन लाग्ने भएपनि प्रहरीले डिस्चार्ज गर्न लगाएर अस्पतालकै शैयावाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासत पुर्याएको छ ।
यस घटाना विरुद्ध आपत्ति जनाउदै नेकपा बाँकेले अस्पतालको गेट अगाडि विरोध प्रर्दशन गरेको छ ।
निर्दोश कार्यकर्ता माथि अनावश्यक दुख दिने काम प्रहरी प्रशासनले गरेको भन्दै नेकपा बाँकेले प्रहरी क्रियाकलापको चर्को विरोध गर्दै कार्यकर्ता रिहाको माग गरेको छ ।
यस्तै अखिल क्रान्तिकारी भेरी कर्णाली समितिले समेत एक विज्ञप्ति जारी गरि प्रहरी प्रशासनको चर्को विरोध गर्दै आफ्नो संगठनका बाँके अध्यक्ष क्षेत्री लगायत दुवै जनालाई रिहा गर्न माग गरेको छ ।
अखिल भेरी कर्णालीका इन्चार्ज धनजित महरले एक प्रेश विज्ञप्ति जारी गरि प्रहरी प्रशासनको दमन र झुट्टा मुद्धा लगाउने मनसाय नरोके कडा आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको छ ।
विज्ञप्तिको पूर्णपाठ