२० पुस,नेपालगञ्ज । शितलहर तथा अत्यधिक जाडो बढेपछि त्यसवाट वच्न नेपालगन्ज उप महानगरपालिकाले बुधबार दाउरा बितरण गरेको छ ।
शितलहर तथा अत्यधिक जाडो बढेपछि सर्वसाधारणका लागि आगो ताप्न दाउरा वितरण गरेको हो ।
नेपालगञ्जका मुख्य क्षेत्र र आवश्यकता अनुसार नगरका चोक र मानिसहरु जम्मा हुने स्थानमा आगो बाल्नका लागि दाउरा वितरण गरिएको नगरले जनाएको छ ।
शितलहरबाट बच्न र जाडोको समयमा काम विशेषले घरबाट बाहिर निस्कनुपर्ने सर्वसाधारणलाई मध्यनजर गर्दै दाउरा वितरण गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनु भयो ।