अस्मीत बमद्धारा महेश सुनारको चरित्र हत्या, फ्याक आईडी बनाउने पात्र भएको आसंका

२१ माघ, कालिकोट । नेपाली कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनमा आबद्ध अस्मीत बम साईनो भन्ने व्यक्तिले पलाताका महेश सुनारको चरित्र हत्या गर्ने कार्य गरेका छन ।

उनले सुनारलाई विप्लवको कार्यकर्ता भएको भन्दै उनैले जातीय विभेदको स्टाट्सहरु लेखेको भन्दै चरित्रहत्या गर्ने कार्य गरेका हुन ।

जेनजीन प्रदेश (Genzin Pradesh) नामको फ्याक आइडीबाट दलितमाथि अपमान हुने र घृणा फैलाउने स्टाटस आएपछि त्यसको स्वतन्त्र पुष्टि नहुदै बमले सुनारलाई आरोप लगाएर फेसबुकमा पोष्ट गरेका थिए ।

बमले आफ्नो आईडीबाट सुनार विरुद्ध पहिलो पटक यस्तो लेखेका थिए ‘सामाजिक सञ्जालमा भ्रमित सन्देशहरु राखेर प्रचार प्रसार भईरहेको आईडी पलाता गाउँपालिका वडा नम्वर ९ निवासी विप्लव नेतृत्वको माओवादी नेता अनुरुपमा छोरा हुन, हाल उनी पनि समाजवादी विद्यार्थी संगठनका सदस्य हुन, समाजलाई भड्काउन यस्ता गलत सन्देश नराख्न हुन अनुरोध छ ।’

पहिलो चरित्र हत्या गरेको स्टाट्स

बमले यस्तो स्टाटस लेखेपछि सुनारले चर्को आलोचना गर्दै साईबर व्यूरोमा उजुरी दिएका छन । सुनारको उजुरी पछि बमले पुनः दोस्रो स्टाटस यस्तो लेखेका थिए ‘साथीहरु अरुको व्यक्तिगत जीवनमा आँच आउने तरिकामा आईडीलाई ह्याक गरेर अर्थात फ्याक आईडी बनाएर गलत काम गर्ने जो कोहीलाई कानुन वमोजिम कार्वाही होस ,आधिकारिक मान्छेसंग कुरा गरेअनुसार यो गलत गर्नेलाई साईबर व्यूरोमा मुद्धा दर्ता भएको छ । गलत गर्नेलाई कडा कार्वाही गरिहोस् ।’

दाेस्राे सच्याएकाे स्टाट्स

बमले यस्तो स्टाट्स लेखेर सार्वजनिक गरेपनि ज्वाला खवरको पोष्ट भएको समाचारमा आएर कमेन्ट गर्दै यस्तो लेखेका छन ‘ हावा कुरा गर्ने ? यो मान्छे विप्लव नेतृत्वको माओवादीकै मान्छे हो’ भनेर लेखेका छन ।’

कमेन्ट आएर लगाएको आराेप

यसले बमको दोहोरो चरित्र देखिएकाले कतै उनले नै फ्याक आईडी बनाएर दलितमाथि अपमान हुने र घृणा फैलाउने शव्दहरु त लेखेका होईन ? भन्ने आसंका लागेको सुनारले ज्वाला खवरलाई बताएका छन ।

सुनारले बमका विरुद्धपनि साईबर व्यूरोमा उजुरी दिएको बताएका छन । बम नेपाली कम्युनिष्ट पार्टीका विद्यार्थी संगठनका नेता तथा महेन्द्र शाहीका विश्वाशीला पात्र हुन ।

नेपाली कम्युनिष्ट पार्टी निकटकै केही नेताहरुले दलितमाथिको अपमान र घृणा फैलाउने कार्य स्वयम महेन्द्र र उनका साईबर स्यालबाटै भएको ज्वाला खवरलाई जानकारी दिएका छन ।

नेकपा माओवादीका उम्मेदवार खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)लाई समेत डुम कमारो जस्तो अस्लित शव्द लेखर गाली गलौज गरिएको छ । यसले सिगो कालिकोटे दलित समुदायमाथि अपमान गरेको छ ।

तर नेपाली कम्युनिष्ट पार्टीका नेता डिवि शाही र चित्रसिंह गाउलेले एक विज्ञप्ति जारी गरेर आफ्नो पार्टी संलग्न नभएको बताएका छन । उनीहरुले विज्ञप्तिबाट खण्डन गरे पनि यो पानीमाथिको ओभानो बन्ने प्रयास मात्र भएको कालिकोटका दलित अगुवाहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस