वाँके सहित देशभर बन्दको प्रभाव ः १५७ जना पक्राउ


२२ वाँके । नेकपा प्रचण्ड माधव समूहले आयोजना गरेको आमहड्तालले वाँके सहित देशभरको जनजीवन प्रभावित बनेको छ । वाँकेमा पनि लामो दुरीका सवारी साधनहरु चलेनन् भने छोटो दुरीका छिटफुट रुपमा संचालनमा आए । सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिकरुपमा नियुक्ति गरेको भन्दै नेकपाले देशव्यापी आमहड्ताल गरेको हो । संसदीय सुनुवाई विना नै हिजो संवैधानिक आयोगका पदाधिकारीहरुलाई सपथ गराइएको थियो ।
हड्तालको क्रममा विहानैदेखि सवै जिल्ला सदरमुकामहरुमा प्रदर्शन भइरहेका छन । राजधानीका विभिन्न स्थानमा केन्द्रीय नेताको नेतृत्वमा कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका छन् ।
हड्तालको क्रममा देशभर ११ वटा तोडफोडका घटना भएको र देशभरबाट १५७ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस