प्रदर्शनका क्रममा नेता झा सहित ५ जना घाइते


२२ माघ जनकपुर । पुष्पकमल दाहाल माधवकुमार नेपाल नेतृत्वको नेकपाले गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
झडपका क्रममा दाहाल नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा सहित ५ जना घाइते हुनु भएको छ । घाईतेमा स्थायी कमिटी सदस्य मातृका यादव पनि रहनु भएको छ । प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल लागेर उहाँ घाइते हुनु भएको हो । त्यस्तै कारी यादव र प्रदीप साह पनि घाइते भएको नेकपाले जनाएको छ ।
नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको जनाइएको छ ।
यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस