अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको अध्यक्षमा प्रमाेद सी

माघ २१, दैलेख । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (क्रान्तिकारी) दैलेखको अध्यक्षमा प्रमाेद सी चयन हुनु भएको छ।

शुक्रबार सम्पन्न १३औं जिल्ला सम्मेलनले प्रमाेद सी लाई अध्यक्षमा सर्वसम्मतले चयन गरेकाे हाे ।

संगठनको उपाध्यक्षमा महेन्द्र सी, सचिवमा नवीन सी, सहसचिवमा गाेपि सी र काेषाध्यक्षमा राधिका सी चयन भएका छन् ।

‘सम्पूर्ण वामपन्थी देशभक्त प्रगतिशील जनतान्त्रिक विद्यार्थीहरू एक औं, राष्ट्रघात, जनघात र भूमण्डलीकृत पुजिवादका विरूद्व जुझारु संगठन’ भन्ने मुल नाराका साथ दैलेख आठविसमा सम्पन्न सम्मेलनले काशी, दविन, कमिक, पदम, रन्जना, निर्मला, तारा, आरती, अर्जुन, राजकुमार, बखत, पानसरा, दुर्गा, सरिता सी लगायत २१ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ।

सम्मेलनमा पार्टी केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी काे प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरु पार्टी केन्द्रीय सदस्य बलवान् सी,पार्टी सुर्खेत जिल्ला इन्चार्ज धुर्ब सी, दैलेख जिल्ला इन्चार्ज विवेक सी, दैलेख जिल्ला सेक्रेटरी प्रकाश सी, कालिकोट जिल्ला सेक्रेटरी शाहासि सी, सुर्खेत जिल्ला सेक्रेटरी जित सी, अनेरास्ववियुका केन्द्रीय सचिव प्रकाश सी, अनेम संघ ( क्रान्तिकारी ) केन्द्रीय सदस्य शान्ति सी र योजना सी लगायत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस