दृष्टिकोण खरावले दलित अधिकार स्थापित भएन

फाल्गुन २१, कालिकोट । राज्य सत्तामा बस्नेहरुको दृष्टिकोणमा खरावीका कारण दलित समुदायको अधिकार अझै स्थापित नभएको एक कार्यक्रका सहभागीहरुले बताएका छन ।

कालिकोटको मान्ममा बुधबार जिल्ला दलित अधिकार प्रबद्र्धन तथा समन्वय समिति कालिकोटको आयोजनामा भएको समिक्षात्मक गोष्ठीका सहभागीहरुले यस्तो कुरा बताएका हुन ।

कार्यक्रममा सत्तारुढ नेकपा कर्णाली प्रदेश समिति सदस्य विस्नु बिकले आन्दोलन विना दलित अधिकार नपाईने भन्दै आन्दोलन जारी राख्न सुझाव दिनु भएको छ ।

प्रदेश सदस्य बिकले संविधानको भाग ३ को धारा ४० देखि अन्य अधिकारका कुराहरु ठुलो संघर्ष गरी प्राप्त भएको वताउनु भयो ।

उहाँले दलित माथि फुटाउ र शासन गरको नीति सत्तामा वस्नेहरुले लिएको भन्दै सवै दलित सचेत रहन आग्रह गर्नु भयो ।

प्रदेश सदस्य बिकले कालिकोट जिल्ला भरी स्थानीय तहका जम्मा ८२ वटा वडा भएपनि दलित सहभागीताका जम्मा १० वटा वडा अध्यक्ष मात्रै विजयी भएको वताउनु भयो ।

सत्तारुढ नेकपा तिलागुफा नगर कमिटी अध्यक्ष दिनेश चदाराले दलित माथिको विभेद दृष्किोण परिवर्तन नभए सम्म पछि नहट्ने दावी गर्नु भयो ।

उहाँले हरेक आन्दोलनमा दलित समुदाय भर्याङ मात्र भएको र अवसरहरु अन्य जातिहरुले लिने गरेको बताउनु भयो ।

नरहरीनाथ गाउपालिका वडा नम्बर ६ का अध्यक्ष तुलराज बिकले गाँउमा मात्र होईन सिंहदरवारमा नै दलित माथि विभेद भएको वताउनु भयो ।

जिल्ला दलित अधिकार प्रबद्र्धन तथा समन्वय समिति कालिकोटका अध्यक्ष रमेश नेपालीले सत्तामा बस्नेहरुको दृष्टिदोषका कारण दलित समुदाय अधिकार सम्पन्न नभएको बताउनु भयो ।

उहाँले दलित समुदाय माथिको उत्पीडन हटाउन चेतना विकास संगै समानुपातिक सहभागीता, सामाजिक अन्र्तघुलन सहित शैक्षिक जगतमा क्रान्ति ल्याउनुपर्ने बताउनु भयो ।

यस्तै जिल्ला दलित अधिकार प्रबद्र्धन तथा समन्वय समिति कालिकोटका कोषाध्यक्ष हजा सुनारले सत्ता परिवर्तन भएपनि दलित माथि हेर्ने दुष्टिकोण र चिन्तन परिवर्तन नभएको दावी गर्नु भयो ।

उहाँले दलित समस्याको सुरुवात राज्यसत्तामा वस्नेहरु वाटै भएको भन्दै समाधान पनि राज्यसत्तामा वस्नेहरुले गर्नु पर्ने तर्क गर्नु भयो ।

ज्वाला खवर पत्रिकाका सह–सम्पादक कर्ण बिश्वक्रर्माले दलित सम्वन्धिका मुद्धाहरु जति संचार माध्यम वाट वाहिर आउनु पथ्र्यो त्यति नआएको वताउनु भयो ।

उहाँले संचार माध्यम वाट पनि दृष्टिकोण खरावकै कारण दलित समुदायले विभेद सहनु परेको विचार राख्नु भयो ।

समिक्षात्मक गोष्ठीले आगामि चैत्र २६ गते कालिकोटको माल्कोटमा दलित महिलाले तत्कालीन शाही सेना संग साहसिह पुर्ण लडाई जितेर हतिहार खोसेको अवसरमा जिल्ला दलित अधिकार प्रबद्र्धन तथा समन्वय समिति कालिकोटको जिल्ला सम्वेलन गर्नु निणर्य गरेको छ ।

समिक्षात्मक गोष्ठीको सहजिकरण जिल्ला दलित अधिकार प्रबद्र्धन तथा समन्वय समिति कालिकोटका सचिव रमेश सुनारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस