नेकपा कालिकोट द्धारा सहिद परिवारलाई सम्मान गर्दै सहिद सप्ताह सम्पन्न

फाल्गुन २१, कालिकाेट । नेकपा कालिकोटले बुधबार सहिद परिवारलाई सम्मान सहित सहिद सप्ताहको समापन गरेको छ ।

कालिकोट जिल्लाको एरिया न ५ को नाईबाडामा सहिदहरुको सम्मान सहित सहिद सप्ताहको समापन गरेको हो ।

एरिया ईन्चार्ज वसन्तको अध्यक्षता तथा जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यतामा अन्य जनबर्गिय संगठनका नेताहरुको उपस्थितीमा शहिद सप्ताह समापन गदै सहिद परिवारलाई समेत सम्मान गरेको जनाईएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रणदिपले पचण्डले धोका दिए जस्तै आफ्नो पार्टीले जस्तो सुकै चुनौती भएपनि धोका नदिने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

उहाँले दुई तिहाई कम्युनिष्ट सरकारले सहिदको ठूलो अपमान गरेको आरोप लगाउनुभयो । शहिदका नाममा राहात खाने प्रकृया मान्न बाध्य बनाएको नेता मन्त्री बनाउन संविधान संशोधन गर्न सकिने जनयुद्दमा बलिदान गरेका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न के बिप्लब नेकपा बाधक भएको हो ? भनि प्रति प्रश्न समेत गर्नु भएको नेकपा श्रोतले वताएको छ ।

प्रतिक्रिया दिनुहोस