२१ बैसाख, बाँके । नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला इन्चार्ज रक्तिम सीले कम्युनिष्ट आन्दोलनमा कसैले पनि समाधान दिन नसकेको विषय चिन्तन र दृष्टिकोणमा विप्लवले नयाँ समाधान दिएको वताउनु भएको छ ।
आईतवार कोहलपुरमा भएको एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा बाँके जिल्ला इन्चार्ज रक्तिम सीले कम्युनिष्ट आन्दोलनमा कसैले पनि दिन नसेको विषय चिन्तन र दृष्टिकोणमा विप्लवले नयाँ समाधान दिएको बताउनु भएको हो ।
उहाँले विप्लवले संस्कार संस्कृति,अर्थ दुष्टिकोण र राजनीतिमा नयाँ समाधान दिएको दाबी गर्नु भयो । ‘महासविच विप्लवले राजनीतिमा नेपाली विशेषताको समाजवाद, अर्थमा एकीकृत स्वामित्व,संस्कृतिमा सी संस्कृति र जातिमा सी जातिको नयाँ दृष्टिकोण सहित समाधान दिनु भएको छ’ नेता रक्तिम सीले भन्नु भयो, ‘यो नेपालका कुनै पनि कम्युनिष्टहरुले समाधान दिन सकेका थिएनन् दलित शव्दमा श्रमिक शव्दको नयाँ शव्द पनि विप्लवले दिनु भएको छ, यो नेपालका श्रमिक समुदायको लािग गौरबको विषय हो ।’
उहाँले नेपाली विशेषताको समाजवाद विना नेपालका श्रमिक समुदायमाथि हुने सबैखालका विभेद र उत्पीडनहरु अन्त्य नहुने ठोकुवा गर्न भयो ।
नेकपाका पिविएम समेत रहनु भएका नेता रक्तिमले धर्म नै कम्युनिष्टहरुको दुश्मन भएको बताउदै धर्मले गर्दा श्रमिक समुदाय तथा आम श्रमजीवी समुदायमाथि उत्पीडन कायम भएको जिकिर गर्नु भयो ।
नेता रक्तिमले अहिले पनि श्रमिक समुदायमाथिको विभेद अन्त हुन नसेको भन्दै नेपालमा एकीकृत जनक्रान्तिको माध्यमबाट समाजवादमा पुगेर मात्र सम्पूर्ण विभेदहरुको समाप्त हुने विश्वास दिलाउनु भयो ।