२१ बैसाख, बाँके । नेकपाको श्रमिक समुदाय केन्द्रीय विभागका प्रमुख सन्तोषी सीले श्रमिक समुदायमाथिको विभेद आजपनि नहटेको बताउनु भएको छ ।
आईतवार कोहलपुरमा ‘नेपाली विशेषताको समाजवादका लागि श्रमिक समुदायको भूमिका’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय विभाग प्रमुख सन्तोषी सीले श्रमिक समुदायमाथिको विभेद आजपनि नहटेको बताउनु भएको हो ।
उहाँले जनयुद्धले ल्याएको गणतन्त्रमा आजपनि श्रमिक समुदायमाथि अन्तरजातीय विवाह गरेको विषयमा ज्यान लिनेसम्मका जघन्य अपराधहरु भएको टिप्पणी गर्नु भयो । केन्द्रीय विभाग प्रमुख सन्तोषीले कतिपय ठाउँमा आजपनि पानी छोएको विषयमा श्रमिक समुदायमाथि छुवाछुत हुने गरेको भन्दै अहिलको व्यवस्था श्रमिक समुदायको हितमा नभएको बताउनु भयो ।
‘आज कपडा सिलाएर इज्जत ढाक्ने श्रमिक समुदाय हो । जुत्ता सिलाएर खुट्टाको सुरक्षा गर्ने श्रमिक समुदाय हो । सौन्दर्यका गरगहना बनाउने श्रमिक समुदाय हो । घर बनाउने श्रमिक समुदाय हो । मठमन्दीर बनाउने श्रमिक समुदाय हो । तर त्यही समुदायमाथि दलाल व्यवस्थाले अपमान गर्दै छुवाछुत तथा विभेद गरेको छ’ केन्द्रीय विभाग प्रमुख सन्तोषीले भन्नु भयो ।
उहाँले श्रमिक समुदायहरुले बेला वेला आफ्नो हक र अधिकारको लागि आन्दोलन गरेर रगत बगाएपनि नेताहरुको गद्दारीले धोका खानु परेको बताउनु भयो ।
जनयुद्धमा श्रमिक समुदायले ठुलो योगदान गरेको चर्चा गर्दै नेतृ संन्तोशीले जनयुद्धका कारण केही हकअधिकारहरु स्थापित भएपनि प्रयाप्त हुन नसकेको टिप्पणी गर्नु भयो ।
कार्यक्रममा ८ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै उहाँले श्रमिक समूदायका समस्या र अवको समाधनका वारे चर्चा गर्नु भएको थियो ।
उहाँले नेपाली विशेषताको समाजवाद नै अबको समाधानको विकल्प हुने धारणा राख्नु भयो । केन्द्रीय विभाग प्रमुख सन्तोशीले सबै श्रमिक समुदायलाई एकताबद्ध हुन र एकपटक साथ लिन अपिल पनि गर्नु भयो ।
कार्यक्रममा जनपत्रकार ंसंगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले श्रमिक समुदायको लागि बेला बेला धोका भएको भन्दै नेपाली विशेषताको समाजवादमा प्रतिनिधित्वको प्रणाली ठोश गरिनु पर्ने सुझाव दिनु भयो ।
नेकपा माओवादी केन्द्रका सिलाई कटाई संघका प्रदेश सहसंयोजक शालिकरामले एकपटक विप्लवको आस गरेको भन्दै अरुबाट श्रमिक समुदायको मुक्ति हुने आसा नगरेको बताउनु भयो ।
कार्यक्रममा वोल्ने अधिकाँस वक्ताहरुले श्रमिक समुदायको मुक्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नारायण सी र शोभा सीको आतिथ्यता रहेको थियो । नेकपाका केन्द्रीय सदस्य कल्पना सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा बाँकेका सचिव दिपक सीले गर्नु भएको थियो ।