भ्रष्टाचारी जन्माउने मुख्य कारण व्यवस्था हो, अन्त्य आवश्यक छ: भरत सी

२१ वैसाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले भ्रष्टाचारी जन्माउने मुख्य कारण अहिलेको दलाल व्यवस्था भएको ठोकुवा गर्नु भएको छ । उहाँले यो व्यवस्था अन्त्यको आवश्यकता समेत औल्याउनु भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी वनाएर अमेरिका पठाउने कार्यमा सेटिग मिलाएर भ्रष्टाचार गरेको आरोपमा एमाले नेता टोप वहादुर रायमाझी लगायतलाई पक्राउ पुर्जी जारी गरिएको विषयमा विहिवार आफ्नो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै स्थायी समिति सदस्य भरत सीले व्यवस्था अन्त्यकै आवश्यकता भएको औल्याउनु भयो ।

स्थायी समिति सदस्य भरत सीले भ्रष्टाचार विरुद्ध सरकारको कदम सहि भएपनि प्रयाप्त नभएको जिकिर गर्दै सरकारमा गएका माओवादी,अन्य कम्युनिष्ट वा जोसुकै भएपनि ७५ प्रतिशत भ्रष्ट र ठग भएको दावी गर्नु भयो ।

उहाँले भ्रष्टाचारी र ठगको ढाकछोप गर्न वा रक्षा गर्न शक्तिमा भएकाहरुले शक्तिविहिनहरुलाई भ्रष्टाचारको कार्वाही चलाएको आरोप लगाउनु भयो ।

उहाँले स्टाटसमा भन्नु भएको छ “सरकारमा गएका माओवादी, अन्य कम्युनिस्ट वा जोसुकै हुन ७५ प्रतिशत भ्रष्ट–ठग छन,साच्चिकै कारबाही गर्ने हो भने कोहि बाकी रहदैनन, यो व्यवस्था नै भ्रष्टाचारी–ठग छ जस्को ढाकछोप गर्न वा रक्षा गर्न शक्तिमा भएकाले शक्तिबिहिनलाई भ्रष्टाचारको कारबाही चलाउछन ।”

स्थायी समिति सदस्य भरत सीले कार्ल माक्र्सको भनाईलाई उद्धत गर्दै भन्नु भएको छ “अपराधको लागि उसलाई दण्डित गर्नु मात्रै प्रयाप्त हुदैन बरु अपराधको कारणको अन्त्य हुनुपर्छ ,त्यसैले भ्रष्टाचारी जन्माउने व्यवस्था (कारण) कै अन्त्य आवश्यक छ ।”

उहाँले नेकपाका नेता कार्यकर्तालाई प्रतिवन्धको वेला पक्राउ पुर्जी जारी हुदा आफुहरुले गर्व महसुस गरेको भन्दै अहिले रायमाझीलाई गर्भ गर्न लाएक नभएको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नु भयो “हामीले यो भ्रष्ट व्यवस्था परिवर्तनको माग गर्यौ यदि लुके पनि प्रतिरोध गर्न लुक्यौ तर बिचरा रायमाझीले के गर्छन ? न उनी गर्व गर्न सक्छन न उनी प्रतिरोध गर्न सक्छन । मात्रै उनले थप भ्रष्टाचारको आधार तयार गर्न सक्छन । यो समस्या समाधान गर्न थप भ्रष्टाचार अनिवार्य छ ।”

यस्तो छ उहाँको स्टाट्स

यस्तै एमाले सचिव रायमाझीलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भनेर गरिएको ठगीमा जिल्ला अदालत, काठमाडौंले बुधबार पक्राउ पूर्जी जारी गरेको छ ।

रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएको बेला सुरक्षा सल्लाहकार हुनु भएका इन्द्रजित राईलाई पनि पक्राउ गरिएको छ ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिएको छ । यस्तै राईका छोरा निरज र बादलका छोरा प्रतीकलाई पनि पक्राउ गर्न पूर्जी जारी भएको छ । 

प्रतिक्रिया दिनुहोस