जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

२१ जेठ, काठमाडौं । आज जेठ २१ गते । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६८ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।
नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवालाहरु भने चिन्तित छन । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन ।
जातीय छुवाछूत कानूनत दण्डनीय अपराध हो । नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।
आज देशभर सरोकारवालाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन । दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति,प्रधानमन्त्री, सभामुख लगायत विभिन्न राजनीतिक दलका उच्च पदस्त व्यक्तिहरूले शुभकामना व्यक्त गर्दै छुवाछूतमुक्त राष्ट्रका लागि प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस