‘जनपत्रकार’ उत्पादन गर्दै ः जनपत्रकार संगठन नेपाल

१९ भाद्र, वाँके । जनताको पक्षमा कलम चलाउने जनपत्रकार उत्पादन गर्दै जनपत्रकार संगठन नेपाल अहिले देशभर संगठन सुदृढ र विस्तार अभियानमा व्यस्त छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेर वहादुर विकका अनुसार भाद्र महिना भित्रै देशभरका करिव २० जिल्लामा जिल्ला सम्मेलन र जिल्ला भेला सम्पन्न भइसकेका छन । जसमा,कैलाली,कंचनपुर,डडेल्धुरा,अछाम,डोटी,वाजुरा,वर्दिया,सल्यान,जाजरकोट,रुकुमपश्चिम,सुर्खेत,रोल्पा,कपिलवस्तु,दाङ,रुपन्देही,अर्घाखाँची,पाल्पा,पर्वत,कास्की,ताप्लेजुङ्ग जिल्लामा जिल्ला भेला तथा सम्मेलनहरु सम्पन्न भइसकेका छन ।

साथै देशभरका मधेस वाहेक ६ ठाउँमा प्रदेश स्तरीय प्रशिक्षण तथा वैठकहरु पनि सम्पन्न भएको जनपत्रकार संगठनले जनाएको छ

अव असोज पहिलो साता सम्म देशभरका वाँकी जिल्लाहरुमा जिल्ला सम्मेलन र प्रदेश सम्मेलन गरिसक्ने जनपत्रकार संगठनले जनाएको छ ।

जनपत्रकार संगठनले पत्रकारिता र पत्रकार पनि वर्गिय हुने दावी गर्दै पूजीवाद वा समाजवाद कसको पक्षमा कलम चलाउने भन्ने विषयमा पत्रकारले पनि निक्र्योल गर्नुपर्ने आफ्नो अभियानमा वताएकोे छ ।

उसको भनाई अनुसार नेपालमा दलाल संसदीय व्यवस्था कायम भएकाले यहाँ दलालपूजीपति वर्गको पक्षमा सेवा गर्ने दलाल पत्रकारिताको वाहुल्यता छ ।

दलाल संसदीय व्यवस्था टिकाउन देशका केही मुलधारमा पत्रकारिता गर्छौ भन्ने ठुला मिडियाहरु स्वयम लागेको जनपत्रकार संगठनको ठहर छ ।

जनपत्रकार संगठनले श्रमजीवि सर्वहारावर्गको पक्षमा कलम चलाउने र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने पक्षमा कलम चलाउने व्यवस्था स्थापना गर्न चाहान्छ ।


संगठनले वैज्ञानिक समाजवाद स्थापना गर्न नेपालमा चलिरहेको दलाल संसदीय व्यवस्था विस्थापित गर्नुपर्ने वताएको छ ।
उसले त्यसको लागि जनमत संग्रहको नारा कार्यान्वयमा लैजानु पर्ने संदेश जनता सम्म सूसुचित गर्र्नुपर्ने वताएको छ ।

देशदौडाहा आफ्नो संगठनका जिल्ला सम्मेलन,भेला र वैठकहरु सम्पन्न गर्दै गर्दा जनपत्रकार संगठन नेपालले उत्पादन भएका जनताका पत्रकारहरुलाई श्रमजीवि वर्गको पक्षमा कलम चलाउन निर्देशन पनि दिएको छ ।

संगठनका केन्द्रीय संयोजक विकले आगामी असोजको अन्तीम साता सम्म संगठनको राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य अनुसार देशभर संगठन सुदृढ र विस्तार गर्ने क्रममा जिल्ला सम्मेलन, जिल्ला भेला,वैठक र प्रदेश सम्मेलन गर्न थालिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस