भरत सी सहित नेकपाका नेताद्धारा विरामी कार्यकर्ता पहाडलाई अस्पतालमै भेटघाट

१७ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्र्टीका स्थायी समिति सदस्य भरत सीको नेतृत्वमा कर्णाली प्रदेशका नेताहरुले विरामी कार्यकर्ता पहाडलाई अस्पतालमै पुगेर भेटघाट गरेका छन ।

उनीहरुले भेटघाटका क्रममा विरामी पहाडको स्वास्थ्य अवस्थाको जानकारी दिदै शिघ्र स्थास्थ्य लाभको कामना गरेका छन ।

कर्णाली प्रदेशको कालिकोट स्थित रास्कोट नगरपालिका वडा नम्वर १ लहरेला घर भएका ५३ बर्षिय प्रदिपे कामी (पहाड) लामो समय देखि विरामी छन ।

उनको प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा झण्डै एक महिना देखि भर्ना भएर उपचार भईरहेको छ । विरामी पहाडको नसा तथा मुटुको समस्या भएको डाक्टरहरुले वताएका छन । उनको आर्थिक अभावले समेत उपचारमा कठिनाई भएको छ ।

उनको स्वास्थ्य अवस्था बुझन नेकपाका स्थायी समित सदस्य भरत सी संगै नेकपाका केन्द्रीय सदस्य विराट सी,मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सी, नेकपाका केन्द्रीय सदस्य बलवान सी,धु्रब सी,जिल्ला सदस्य राजन सी,श्याम सी लगायतका नेताहरु अस्पताल गएका थिए ।

भेटघाटका क्रममा नेकपाका स्थायी समित सदस्य भरत सीले पार्टीको तर्फबाट विरामी पहाडलाई सानो भएपनि उपचारका लागि सहयोग होस् भन्ने उद्देश्यले नगद रु पाँच हजार सहयोग समेत प्रदान गरेका छन ।

स्थायी समिति सदस्य भरतले उपचारका लागि पार्टीले सक्दोजति सहयोग गर्ने र चिन्ता नदिन विरामी पहाडलाई आश्वास दिए ।

विरामी पहाड माओवादी आन्दोलनका खरो क्रान्तिकारी विचार राख्ने कार्यकता समेत हुन भने अहिले नेकपामा संगठित छन ।

उनको उपचारमा सहयोग गर्न चाहाने इच्छुक सहयोगदाताहरुलाई सहयोग गरिदिन हुन समेत नेकपाले अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस