विप्लव नेतृत्वको नेकपाद्वारा काठमाडौमा गरिने विशाल जनसभाको व्यापक तयारी

१८ कार्तिक, काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यही कात्तिक २० गते काठमाडौमा आयोजना गरेको विशाल जनप्रदर्शन सहितको जनसभा कार्यक्रमको व्यापक तयारी भईरहेको छ ।
नेकपाले भ्रष्टाचार विरुद्ध, राष्ट्रिय स्वाधीनता र समाजवादका लागि आयोजना गरेको विशाल जनप्रदर्शन सहितको जनसभा कार्यक्रमको प्रचार प्रसार,वालपेन्टिङ्ग, लगायतका आवश्यक तयारीेका कामलाई व्यापक बनाईरहेको हो ।
नेकपाले जनसभालाई व्यवस्थित गर्न तथा सुरक्षा प्रदान गर्न स्वयम सेवक परिचालनको तयारी पनि गरेको छ ।
सुन्धाराबाट र्याली सहितको प्रदर्शन गर्दै काठमाडौंको भृकुटीमण्डवमा जनसभा गर्ने नेकपाले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् काठमाडौ जिल्ला इन्चार्ज माइला सीले कार्तिक २० गतेका दिन सुन्धाराबाट दिउँसो १२ बजे प्रदर्शन सुरु गरी शान्तिबाटिका, बागबजार, पुतलीसडक हुँदै ठिक १ बजे भृकुटीमण्डपमा पुगेर जनसभा हुने जानकारी दिनु भयो ।
जनसभालाई नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरुले सम्वोधन गर्नु हुनेछ ।
महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सीले जेनजी बिद्रोह पछि उत्पन्न परिस्थिति, कम्युनिष्टहरुको वास्तविक एकीकरण र वर्तमान संकटको अग्रगामी निकासका बारेमा महत्वपूर्ण सम्बोधन गर्नु हुनेछ ।
नेताहरुले जनसभा मार्फत बाह्य हस्तक्षेप एवम् भ्रष्टाचार विरुद्ध समेत खबरदारी गर्ने छन ।
जनसभामा सामना सांस्कृति परिवारका कलाकार तथा स्थानीय विभिन्न कलाकार टिमहरुले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गर्ने छन । नेकपाको यो जनसभाले देशलाई नै नयाँ सन्देश दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस